चाँदीको जलप लगाएर नोट बेच्ने शाक्य पक्राउ

चाँदीको जलप लगाएर नोट बेच्ने शाक्य पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नोट भन्नासाथ प्लास्टिक वा कागजको भन्ने बुझिन्छ। तर, भक्तपुरका एक सुनचाँदी व्यवसायीले चाँदीको नोट बनाएर अवैध रूपमा बिक्री वितरण गरेका छन्। दसैं–तिहार जस्ता चाडपर्वको मौका छोपी अवैध रूपमा चाँदीको नोट बनाएर बेचबिखन गरेको आरोपमा भक्तपुरका सोहिल शाक्य पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ का प्रबक्ता होबिन्द्र बोगटीका अनुसार भक्तपुर ७ का शाक्यले सूर्यविनायकमा दुईवटा सुनचाँदी पसल सञ्चालन गर्छन्। उनले भक्तपुरको सूर्यविनायक–८ सिपाडोलमा सञ्चालन गरिरहेको ईन्द्र ज्वेलर्स सुनचाँदी पसलमा नक्कली नोटमा चाँदीको जलप लगाएर चाँदीको नोट भन्दै बिक्रीवितरण गरेका थिए। उनले चाँदीको जस्तो देखिने नक्कली नोट एक हजार रूपैयाँ र पाँच सय रुपैयाँका बनाउने गर्थे। 

प्रहरीका अनुसार शाक्यले सामाजिक सञ्जालमा विज्ञापन नै राखेर चाँदीको नोट पाइने सूचना सार्वजनिक गरेका थिए। उनको साथबाट प्रहरीले चाँदीको जलप भएको नक्कली नोटसमेत बरामद गरेको छ। सीआईवी प्रबक्ता बोगटी भन्छन्, ‘प्रहरीले उनको पसलबाट सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नेपाली एक हजार दरका १ सय १३ थान र ५ सय दरका २८ थान नक्कली नोटहरू फेला पारेको थियो। 

सुनचाँदी व्यवसायी सोहिल शाक्यले चाँदीको नक्कली नोटलाई १५ सय रूपैयाँका दरले बिक्री गर्ने गरेका थिए। उनले दसैं तिहारलाई लक्षित गर्दै दसैं अगाडिबाट नै ठूलो मात्रामा अवैध रूपमा चाँदीको नोट बनाएर बिक्री गरेको हुनसक्ने प्रहरीको अनुमान छ। चाँदीका सिक्का बनाउने पुरानै प्रचलन हो। तर चाँदीकै नोट ‘खोटा मुद्रा’ भन्दै बिक्री गरेको भने पहिलो घटना भएको सीआईवी प्रबक्ता वोगटीले बताए। उनी भन्छन्, ‘नक्कली नोटमा चाँदीले लेप गरेर त्यसलाई बाहिरबाट लेमिनेसन गरेर उनले चाँदीको नोट बनाउने गरेका थिए। उनीविरुद्ध अनुसन्धान भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.