सामाचकेवा खेल्ने तयारी गर्दै मिथिलाका महिला

सामाचकेवा खेल्ने तयारी गर्दै मिथिलाका महिला
सुन्नुहोस्

महोत्तरी : मिथिलाका घरघरमा साँझको समयमा लोकगाथामा आधारित सांगीतिक पर्व सामाचकेवाको तयारी गरिएको छ। छठपर्वको तीव्र तयारी गरिरहेका मिथिलानीलाई सामाचकेवाले थप व्यस्त बनाएको छ।  

अहिले घरघरमा छठपर्वको साथै समाचकेवाको गीत पनि गुन्जिंदै छ। जसले मिथिलाको वातारण नै संगीतमय बनेको छ। 

भाइ बहिनीबीचको प्रेमको प्रतीकको रुपमा रहेको समा चकेवा पूर्णतया गीतसंगितमा आधारित पर्व हो। यो पर्व प्रायः रातीको समयमा मिथिलानीहरु सामुहिक रुपमा गीत गाएर मनाउने गर्छन्। दिदीबहिनले गीतकै माध्यमले दाजुभाको सुख शान्तिको कामना गर्दछन्। त्यस्तै चुगुला भनिने खलपात्रलाई व्यङ्ग्यात्मक रूपमा गाली बेइज्जती गर्ने गर्छन्।

मिथिला क्षेत्रमा मनाइने पर्वहरूमा प्रायसमा गीत संगीत पाइन्छ। तर विशेष छठपर्व र सामाचकेवा पर्वमा भने विशेष प्रकारका र धेरै लोक गीतहरु घरघरमा गुन्जिने गरेको गौशाला १२ का युवा दिपलाल महतोले बताए। अहिले मैथिली, भोजपुरी, हिन्दी र नेपाली भाषामा तयार पारिएको यस्ता गीतसंगीतले मिथिलाक्षेत्रलाई नै संगीतमय बनाएको महतोको भनाइ छ। 

आधुनिकीकरणको नाममा संस्कृतिलाई बिर्सन नहुने महोत्तरी युवा संजालका अध्यक्ष चूडामणि यादवको भनाइ छ। अहिले गाँउघरमा डिजेको बिगबिगी बढिरहेको समयमा पनि यहाँका घरघरमा यस्ता गीतहरू गुन्जिनु आफैंमा सुखद पक्ष रहेको धारणा उनले राखे। 

अहिले हरेक घर, टोल, गाउँ, चौक चौराहा, हाटबजार, सहरको गल्ली गल्लीमा यस्ता गीतसंगीत गुन्जिएको सुनिन्छ। 

null खेल्नका लागि बाँसको नाङ्लोमा काँचो माटोबाट विभिन्‍न आकारका मूर्तिहरू बनाइएका छन्। जसमा सामाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया-मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्‍याक्दी भलाजी, ढोलकिया-झाइल बजिया र भमरा राखेर सामाचखेवा खेलिरहेका छन्।

शनिबार खरनादेखि शुरु भएको सामाचखेवा कार्तिक शुक्लपक्षको पूर्णिमाका दिन बिसर्जन गरिँदैछ।

यस्तो छ पौराणिक गाथा

द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जङ्गलमा घुमघाम गर्न जाँदा ऋषिसँग रमन गरेको झूटो कुरा सेविका डिहुलीले कृष्ण समक्ष लगाएकी थिइन्। आवेशमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएपछि सामाका भाइ साम्बले सो सुन्नासाथ दिदी सामालाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरे। तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेका पुराणमा उल्लेख छ।

भाइले दिदीलाई श्रापबाट मुक्त गराएकाले सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउन थालिएको महिलाहरूले बताएका छन्।

एक अर्का प्रसङ्गमा द्वापर युगमा भगवान श्रीकृष्णले आफ्नो बाल्यकाल गोकुलमा बिताइ मथुरामा आएपछि राधिका र भगवान कृष्णका १६ हजार गोपिनीहरूले भगवान कृष्णको सम्झनामा मनाउने सामाचखेवा कालान्तरमा दाजु बहिनीको प्रेम र सदभावको मौलिक पर्वमा रुपान्तरित भएको हो।

पन्ध्र दिनसम्म मनाइने यस सांस्कृतिक पर्वमा रातको समयमा गाँउघरका खासगरी कुमारी कन्या एकत्रित भइ माटोले बनाइएको मूर्तिको लोक गीत गाएर पूजा आजा गर्ने गर्दछन्। पर्वको अन्तिम दिन पुर्णिमाको रातमा उक्त मूर्तिलाई परम्परागत गीत गाउँदै फुटाउँछन्।

पन्ध्र दिनसम्म सामाचखेवासँग रमाएका किशोरीहरू गाउँ घर नजिकको नदी, जलाशय, पोखरी, सरोवर आदिमा लगि सेलाएर आफ्ना दाजुभाइहरूलाई मिठाइ पकवान आदि खुवाएर यो पर्व विधिवत रूपमा सम्पन्न गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.