देउसीभैलो खेलेर क्याम्पस र विद्यालयमा अक्षयकोष

देउसीभैलो खेलेर क्याम्पस र विद्यालयमा अक्षयकोष
सुन्नुहोस्

बेनी : म्याग्दीको मंगला र मालिका गाउँपालिकामा देउसीभैलो खेलेर क्याम्पस र विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। 

हालै सकिएको तिहार पर्वका अवसरमा देउसीभैलो खेलेर बाबियाचौरको मंगला शिक्षा क्याम्पसको अक्षयकोषका लागि ४० लाख रुपैयाँ र मालिका–७ बिमको किसानी मावि तथा प्राविधिक शिक्षालयको अक्षयकोषमा ३२ लाख रुपैयाँ सहयोग जुटेको हो। गाउलेले क्याम्पस र प्राविधिक शिक्षालय चलाउन पेन्सन, छोराछोरीको कमाई र बचत बाट सहयोग गरेका छन्।  

मंगला शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले दुई करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित सञ्चालन भएको अभियानमा देउसीभैलो सहित हालसम्म ५३ लाख रुपैयाँ सहयोग जुटेको जानकारी दिए। 

उनका अनुसार अमेरिका र युके बेलायतमा रहेका बाबियाचौरका एकै घरका दिदीबहिनीहरु क्रमशः डा. रेखा रोका, डा.रञ्जना रोका र डा. स्वस्ती रोकाले एक लाख ९२ हजारका दरले पाँच लाख ७६ हजार रुपैयाँ सहयोग गरेका छन्। 

उनिहरु मङ्गला गाउँपालिकाका अध्यक्ष समेत रहेका क्याम्पसका सम्मानार्थ संरक्षक सतप्रसाद रोका र क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संकलन उपसमिति संयोजक यसोदा रोकाका छोरीहरु हुन्।

अक्षयकोषको ब्याजबाट पूर्णकालिन प्राध्यापकलाई तलब, गुणस्तर प्रत्यायण सुनिश्चितता (क्यूएए) प्रक्रियाका पूर्वाधारहरू तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन देउसीभैलो खेलेको क्याम्पसप्रमुख प्रितम खत्रीले बताए। हाल शिक्षा शास्त्र सङ्कायमा स्नातक तहमा दुई सय ४० जना विद्यार्थी अध्ययनरत छन्। 

बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा ३२ लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको छ। किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरुपमा उक्त रकम सहयोग गरेका किसानी माविका प्रअ जङ्गबहादुर गर्बुजाले जानकारी दिए। उनका अनुसार अक्षयकोष स्थापना गर्न बिम गाउँका सात टोलका बासिन्दाले न्यूनतम २९ हजारदेखि अधिकतम १३ लाख १९ हजार रुपैयाँ सम्म दान गरेका छन्।

बिमको तल्लोगाउँ टोलबाट १३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। त्यसैगरी बिमबाङ टोलबाट ११ लाख, डाँडागाउँ टोलबाट पाँच लाख रुपैयाँ, ढुनोट टोलबाट एक लाख ७७ हजार रुपैयाँ, नौमाने टोलबाट ४३ हजार रुपैयाँ, अर्कला टोलबाट ३० हजार रुपैयाँ र इल्पु टोलबाट दुई हजार रुपैयाँ सहयोग जुटेको हो। आज देउसी भैलो कार्यक्रम  समापन गरिएको छ।

व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ। बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो। अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.