देशका विभिन्न जिल्लामा ९ जना मृत भेटिए

देशका विभिन्न जिल्लामा ९ जना मृत भेटिए
सुन्नुहोस्

काठमाडौं : देशका विभिन्न जिल्लामा ९ जना मृत फेला परेका छन्। नेपाल प्रहरीका अनुसार हुम्ला, स्याङजा, बर्दिया, नुवाकोट, धादिङ, सिराहा, बाँके, सुनसरी र मुस्ताङमा ९ जना मृत भेटिएका हुन्। 

हुम्लाको खार्पुनाथ गाउँपालिका-३ रायका लोकेन्द्र रोकायको छोरा २ वर्षीय सरत रोकाय सोही ठाउँस्थित चाराङ्गा खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्। 

गत कात्तिक १४ गते दिउँसो घर आँगनमा खेलिरहेको अवस्थामा हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खार्पुनाथमाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो। 

स्याङजाको गल्याङ नगरपालिका-३ तल्लो गल्याङ खेलमैदानस्थित आंधीखोलाको किनारमा पाल्पा रिद्धीकोट गाउँपालिका-२ घर भई स्याङ्जा गल्याङ नगरपालिका-३ गल्याङ बजार फोटो स्टुडियो सञ्चालन गरी बस्ने ५४ वर्षीया सुशिला कुँवर बुधबार मृत अवस्थामा फेला परेकी छिन्। 

बर्दियाको बाँसगढी नगरपालिका-६ दमौली बस्ने ४३ वर्षीय कृष्ण बहादुर बिक आफ्नै घर अगाडि आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन्। 

धादिङको निलकण्ठ नगरपालिका-५ गौरिगाउँस्थित चिप्लेटी ढुंगा अर्चलेटार सिँचाइ पानी नभएको कुलोमा नुवाकोट तार्केश्वर गाउँपालिका-२ बस्ने ६० वर्षीय सेते सार्की बुधबार मृत अवस्थामा फेला परेका छन्। 

नुवाकोटको विदुर नगरपालिका-४ बट्टार बस्ने २८ वर्षीया संगीता मिजार आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्। 

सिराहाको लहान नगरपालिका-३ स्थित खेतमा सोही नगरपालिका-४ बस्ने १८ वर्षीय इबरान अन्सारी बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

बाँकेको नेपालगंज उपमहानगरपालिका-८ त्रिभुवनचोक नजिक सडक छेउमा सोही उपमहानगरपालिका-११ भवानी बगिया बस्ने ५० वर्षीय शम्भु दयाल बैश्य बिहीबार मृत अवस्थामा फेला परेका छन्।
 
सुनसरीको इटहरी उपमहानगरपालिका-२ रोयल रिसोर्ट नजिकै बस्ने ६० वर्षीय टंक उप्रेती आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-३ घिलिङस्थित तामा खोला किनारमा सोही गाउँपालिका-२ धाकमार बस्ने ७५ वर्षीय ताक्ला गुरूङ बिहीबार मृत अवस्थामा फेला परेका छन्। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.