सझुका अर्घ्य दिएलगत्तै सम्पन्न भयो छठको मुख्यपूजा

सझुका अर्घ्य दिएलगत्तै सम्पन्न भयो छठको मुख्यपूजा
सुन्नुहोस्

महोत्तरी : अस्ताउँदो सूर्यलाई सझुका अर्घ्य दिएपछि छठ पर्वको मुख्यपूजा भएको छ। बिहीबार साँझ एकसाथ जलाशयमा गई अस्ताइरहेको सूर्यलाई ब्रतालुले मुख्य पूजा स्वरुप अर्घ्य दिएका हुन्।null

पायक पर्ने नदी, ताल, तलैया, पोखरी वा इनारमा गई यस वर्षको छठ अन्तर्गतको मुख्य पूजा आदिदेव सुर्यलाई अर्पण गरेका हुन्। घरघरमा बनाइएको ठेकुवा, भुसवा, टिकुवा लगायतका विभिन्न परिकार, उखु, केरा, फलफूल लगायतका प्रसाद सामग्री सपरिवार भगवानलाई अर्पण गरिएको हो।

छठपर्वको अन्तिम पूजा भोलि शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुनेछ। कतिपय स्थानमा ब्रतालुहरु घाटमै जाग्राम बस्छन भने कतिपय स्थानमा चढाएको सामग्री घरमा ल्याएर भोलि पुनः अर्घ्यका लागि जलाशयमा लाने परम्परा रहेको छ।null

ब्रतालुहरु पूजास्थल (घाट)लाई आकर्षक बनाइएको छ। स्थानीयहरूको सहयोगमा घाटमा टेन्ट, पण्डाल लगाउनुको साथै रंगिविरंगी र झिलिमिलि बनाइएको छ।

इनारमै मनाए छठ

जलाशयको रुपमा एकमात्र साधन इनार रहेको क्षेत्रमा इनारमै घाट निर्माण गरि छठ पर्व मनाइएको हो। महोत्तरीको गौशाला नगरपालिका, बर्दिवास नगरपालिका, भंगहा नगरपालिका लगायतका क्षेत्रमा नदी, ताल, तलाउ लगायतका कुनै जलाशयको व्यवस्थापन नभएको स्थानमा इनारमै छठ पर्वको हरेक विधि मनाइएको हो। इनारको अगाडि कृत्रिम घाट बनाएर पूजा गरिएको हो।null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.