हेटौंडामा छठको रौनक
हेटौंडा : हेटौंडामा केही वर्षयता छठ मनाउने पहाडी समुदायको संख्या बढ्दै गएको छ । छठ पूजा समारोह समितिका अध्यक्ष रवि गुप्ताले हेटौंडा १० र १ नम्बर वडास्थित राप्ती तटमा आयोजित छठ पूजामा करिब ५० हजार ब्रतालु तथा अवलोकनकर्ता सहभागी भएको बताए ।
सहभागी ब्रतालु र सहभागीहरूमध्ये ६० प्रतिशत बढि पहाडी समुदाय रहेको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ । छठ मनाउने र हेर्न जानेको भीडले राप्ती तट नजिक पूर्व पश्चिम राजमार्गमा सवारी आवागमन समेत प्रभावित भएको थियो ।
हेटौंडामै व्यापार व्यवसाय गर्दै आएका रौनियार परिवारले करिब ५५ वर्ष अघि हेटौंडा १ स्वर्गलोकस्थित जरुवा खोलामा छठ पूजा सुरु गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
८