सीमावर्ती मेची नदीमा नेपाल-भारतका नागरिकले सँगै मनाए छठ

सीमावर्ती मेची नदीमा नेपाल-भारतका नागरिकले सँगै मनाए छठ
तस्बिर : पार्थ मण्डल

झापा : सीमावर्ती मेची नदीलाई संगमस्थल बनाएर नेपाल तथा भारत दुवै देशका ब्रतालुले सँगै श्रद्धा र निष्ठाको पर्व छठ मनाएका छन् । बिहीबार साँझ अस्ताउँदो सूर्यनारायण भगवानको पूजाआराधना गरी अर्घ्य चढाउँदै दुवै देशका ब्रतालु परिवारले उल्लासका साथ मेचीमा छठ मनाएका हुन् । 

झापाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ मनाइने भद्रपुर ५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरसम्म करिब ५ हजार बढी घाट (पूजा स्थल)मा ब्रतालु तथा श्रद्धालुहरूको घुइँचो नै लागेको थियो । 

नदीको पूर्वपट्टि भारतीय र पश्चिम पट्टी नेपाली नागरिकहरूले छठ मनाएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए । पण्डाल, केराको बोट, विभिन्न प्रकार फूल, विभिन्न रङ्गका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिएको घाटमा पूजा सामाग्री राखेर ब्रतालुहरूले पानीमा ओर्लिएर गहुँ र चामलको पिठोले बनाएका विभिन्न प्रकारका परिकार अस्ताउँदै सूर्यलाई अर्घ्य दिएका थिए । null

यहाँ मधेसी समुदायबाहेक अहिले नेपाली, मारवाडी, बङ्गाली, राजवंशी लगायतका समुदायले छठलाई साझा पर्वको रुपमा मनाउँदै आइरहेका छन् । झापा जिल्लाका विभिन्न स्थानीय तहसहित छिमेकी राष्ट्र भारतबाट गरी करिब ५० हजार बढी भक्तजनहरू छठ हेर्न आएको मैथिल समाजका अध्यक्ष झाको भनाई छ । 

मेचीको छठको शान्ति सुरक्षालाई मध्यनजर गरी दुई सय जनाको हाराहारीमा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको थियो । छठमा हुन सक्ने आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न ट्राफिक प्रहरी, सादा पोसाक, रिजब टोलीसहित एक सय बढी प्रहरी परिचालन गरिएको र कुनै अप्रिय घटना नभएको वडा कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालले जानकारी दिए ।

उनका अनुसार पूजाको सामग्री बोक्ने तीन पाङग्रे (ठेला भ्यान) र अशक्त, ज्येष्ठ नागरिकको हकमा सिटी सफारीलाई घाटसम्म जाने दिएको थियो । दुई पाङग्रे, चार पाङग्रे र ६ पाङग्रे सवारी साधनाको हकमा देबीवस्तीको पशुपति प्रावि नजिकै रोकिने र भन्सार अगाडिबाट जाने ती सवारीसाधनलाई भद्रपुर माविमा पार्किङ गराइएको उनले बताए । null

त्यस्तै भद्रपुर माविका पूर्व विद्यार्थीको साथी समूह, शिव शिष्य र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले निःशुल्क चिया तथा पानी वितरण गरेका थिए । 

गंगा आरती, कलात्मक प्रतीक्षालयको उद्घाटन

छठ पर्वलाई मध्यनजर गरी भद्रपुर–५ देवीवस्तीस्थित मेची नदी किनारमा पहिलो पटक गंगा आरती गरिएको छ । भद्रपुर नगरपालिका, वडा कार्यालय र युनिक समूहको आयोजनामा छठ पर्वमा पहिलो पटक भजन सन्ध्यासहित आरती गरिएको हो ।

सूर्यनारायण मन्दिर नजिकै निर्माणाधीन कलात्मक प्रतीक्षालयको उद्घाटन गरिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा नदी किनारलाई विकास गर्ने उद्देश्यले भद्रपुर नगरपालिकाको साढे ६ लाख बजेटमा मन्दिर आकृतिको प्रतिक्षालयको बनाइएको वडा अध्यक्ष कार्कीले बताए ।nullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.