बारामा छठको उल्लास (फोटोफिचर)
सिमराः छठ पूजाको मुख्य दिन बिहीवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। चार दिनसम्म मनाइने छठ पूजाको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिने क्रममा छठ पूजाका लागि तयार गरिएका जलाशयमा श्रद्धालुको निकै भिड लागेको थियो। बाराको १६ वटै स्थानीय तह भित्र छठ पूजालाई उल्लासका साथ मनाइएको छ।