नारायणी किनारमा उदाउँदो सूर्यलाई अर्घ दिनेको भीड (फोटो फिचर)

नारायणी किनारमा उदाउँदो सूर्यलाई अर्घ दिनेको भीड (फोटो फिचर)
सुन्नुहोस्

चितवन : शुक्रबार बिहान उदाँउदो सूर्य भगवान र छठी मातालाई अर्घ दिएसंगै यसपालिको छठ पर्व विधिवत समापन भएको छ। देशभर छठ मनाउनेहरुले आज नदी तलाउमा गएर उदाउँदो सूर्यलाई अर्घ दिएका छन्। 

चितवनको नारायणी किनारमा पनि छठीमाता तथा सूर्यलाई अर्घ दिन भक्तजनहरुको भीड देखिएको छ।

nullनारायणघाट स्थित नारायणी नदी किनारमा छठ पुजा यसपालि भब्य रहेको उपस्थित दर्शनार्थीले बताएका छन् । सिङ्गारिएको नदी किनारमा ब्रतालु र दर्शनार्थीको उल्लेख्य उपस्थिति रहेको थियो । नारायणी किनारमा यसपालि छठ पूजाका लागि ब्यवस्थापन  तराई सामुदायिक सेवा समिति नारायणगढले गरेको हो । 

 
हरेक वर्ष चितवनमा छठ पर्वको चहलपहल क्रमश बढेको देखिन्छ। मिथिलाञ्चलमा बढी मनाइने छठ गर्नेको संख्या चितवनमा पनि वर्षेनी बढ्दै गएको छ । मधेश र मधेशीले मात्र मनाउने भनेर चिनिएको छठ पछिल्लो समयम मधेससहित पहाडका विभिन्न स्थानमा पहाडी समुदायका मानिसले पनि धुमधामका साथ मनाउन थालेका छन्। 

nullभरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पनि छठले धार्मिक सहिष्णुता बढाएको उल्लेख गरिन्।
 
null कुनै बेला मधेसको पर्व भनेर चिनिएको छठी माइको दर्शन गर्न नारायणी किनारमा ठूलो उपस्थिति रह्यो । ब्रतालु र दर्शनार्थीको ठूलो भिड नारायणी नदीको किनारमा देखियो । यसपालि चितवनमा छठ पर्व महोत्सवको रुपमा मनाइएको छ । 

nullचितवनमा नारायणी किनारसँगै माडीनगरपालिकाको रिउ, बाँदर मुढे, चितई, रतनी खोला, राप्तीको पम्फा, ढुम्री, लोथर खोला, कालिका नगरपालिकाको खगेरी बुङ खोलामा छठको पूजा गर्ने गरिन्छ। null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.