वडा सचिव अधिकारीको निधन
प्यूठान : प्यूठानको माण्डवी गाउँपालिका- २ का वडा सचिव घनश्याम अधिकारीको निधन भएको छ । बिहीवार राति एक्कासी चक्कर आएपछि उनलाई उपचारका लागि दाङको घोराहीस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुगेलगत्तै उनलाई मृत घोषणा गरिएको हो ।
अधिकारीलाई मधुमेह (सुगर) रोगको सामान्य समस्या रहेको माण्डवी गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले जानकारी दिए । ५५ वर्षीय अधिकारी सोही गाउँपालिकाको वडा नम्बर २ स्थित रातापानीका स्थानीय हुन् ।