गण्डकीका सांसद मनाङेले भने- फरार छैन, पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु

गण्डकीका सांसद मनाङेले भने- फरार छैन, पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु
सुन्नुहोस्

पोखरा : ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे )ले आफू फरार नभएको बताएका छन्। उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ आएपछि आफू अदालतमा उपस्थित हुने पनि जनाएका छन्। 

सर्वोच्चले उनीविरुद्धको मुद्दामा कात्तिक २० गते फैसला गर्दै दोषी ठहर गरेको थियो। त्यसपछि उनी सार्वजनिक छैनन्। मोबाइल फोनसमेत अफ छ। तर मनाङेले शुक्रबार विज्ञप्ति जारी गर्दै तारनतार आइरहेका कलहरूले गर्दा केही समयको लागि फोन अफ गरेको दाबी गरेका छन्। ‘सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयं उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु,’ उनले विज्ञप्तिमा भनेका छन्।  

फैसला आउँदाको दिनदेखि सञ्चार माध्ययमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको उल्लेख गर्दै मनाङेले विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको बताएका छन्। ‘यसमा मेरो आपत्ति छ,’ उनले भनेका छन्। 

२०७९ को प्रदेश सभा निर्वाचनमा मनाङे मनाङ जिल्लाको प्रदेश सभामा ‘ख’ स्वतन्त्र उम्मेदवार थिए। उनी निर्विरोध निर्वाचत भएका हुन्। पछि माधव नेपाल नेतृत्वको नेकपा एस प्रवेश गरेका उनले केही समयमै उक्त पार्टीसमेत परित्याग गरेका थिए। मनाङे पहिलो प्रदेश सभा र दोस्रो पटकको कार्यकाल गरी ६ पटक मन्त्री भइसकेका छन्। 

२ दसकअघि चक्रे मिलन भनिने मिलन गुरुङमाथि सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा मनाङेमाथि लागेको हो। यो मुद्दामा उच्च अदालत पाटनको फैसला अनुसार केही समय उनी कारागारसमेत बसिसकेका छन्। सर्वोच्चले उच्चकै फैसला सदर गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.