तस्करीका चिनी बरामद गर्दा सशस्त्र र कर्मचारीमाथि ढुंगामुढा

तस्करीका चिनी बरामद गर्दा सशस्त्र र कर्मचारीमाथि ढुंगामुढा
क्षति भएको गाडी।
सुन्नुहोस्

भैरहवा : रुपन्देहीमा भारतबाट अवैधरूपमा तस्करी गरेर ल्याइएको चिनी बरामद भएपछि सशस्त्र प्रहरी र कर्मचारीमाथि ढुंगामुढा भएको छ। ढुंगामुढाले सशस्त्र प्रहरीका दुई जना घाइते भएका छन्।

बिहीबार राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरी बल राजस्व प्रहरी इकाई बुटवलबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुझाना गाउँको ३२ वर्षीय दिलीप लोधको घरमा अवैधरूपमा भण्डारण गरिएको १ सय १२ बोरा चिनी बरामद गरेको थियो।

चिनी बरामद गरेर फर्किने क्रममा करिब २०० जना स्थानीयहरूले बाटो अवरोध गरेर चिनी लुटपाट गर्नका लागि सशस्त्र प्रहरी र कर्मचारीमाथि ढुंगामुढा गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेडक्वाटर रुपन्देहीले जनाएको छ।

घटनाबारे सशस्त्रको नं. २७ गणमा जानकारी भएपछि गणपति एवं एसपी आनन्द थापा मगरको कमाण्डमा सशस्त्रको टोली घटनास्थल पुगेर भीडलाई हटाएर बरामद चिनीसहित सवारी साधनहरू राजस्व अनुसन्धान कार्यालय पठाएको थियो।

ढुंगामुढाले सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लुम्बिनीको ना १ झ १४७७ नम्बरको गाडीको झ्यालको सिसा फुटेर क्षति भएको छ। साथै, २७ नं. गणमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक काशीप्रसाद चौधरी र राजस्व प्रहरी इकाई बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान चन्द्र पाण्डेको हातमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.