भैरहवा विमानस्थलमा थाई एयरको उडान: ७ यात्रु आए, ३२ गए

भैरहवा विमानस्थलमा थाई एयरको उडान: ७ यात्रु आए, ३२ गए
सुन्नुहोस्

भैरहवा : थाइल्याण्डको वायुसेवा कम्पनीले थाई एयर एशियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंक–भैरहवा–बैंकक दोस्रो पटक सिधा उडान गरेको छ।

एयर एशियाको यो नियमित उडान हो। यस अघि कात्तिक १८ गते सर्वसाधरण यात्रुविहीन आएर गएको उक्त विमान शुक्रवार यात्रु लिएर आएको र गएको छ।

शुक्रबार दिउँसोमा १२:३० बजेमा सात यात्रुसहित बैंककबाट आएको विमान भैरहवाबाट ३२ जना यात्रु लिएर १:१० बजे बैंकक प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले बताए। उनका अनुसार विमानमा आएका सात जना विदेशी र यहाँबाट जाने ३२ जना नेपाली नागरिक थिए।

थाई एयर एशियाले भैरहवा विमानस्थलबाट सातामा दुई दिन सोमबार र बिहीबार दिउँसो १२:१५ विमानस्थलमा अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि यहाँबाट जानेछ।

संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेजले पनि शनिबार (कात्तिक २४ गते)देखि भैरहवा विमानस्थलबाट नियमित उडान गर्दैछन्।

जसमध्ये फ्लाई दुबईले विमानस्थलबाट दैनिक एक उडान र जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.