चितवनमा बस र माइक्रो ठोकिँदा पाँच जनाको मृत्यु (अपडेट)

चितवनमा बस र माइक्रो ठोकिँदा पाँच जनाको मृत्यु (अपडेट)
सुन्नुहोस्

चितवन : नारायणघाट मुग्लिन सडक खण्डको सत्रकिलोमा बस र माइक्रो बस ठोकिँदा ५ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा विनय त्रिवेणी गाउँपालिका-४ स्थित बगैँचाका ३५ वर्षीय सन्तोष भुसाल, उनकी श्रीमती ३३ वर्षीय सविना भुसाल, गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका राजबहादुर गुरुङ, भारत घर भई पोखरामा किराना पसल गर्दै आएका ३६ वर्षीय राजकुमार शाह रहेका छन्। 

शुक्रबार बिहान बिहान ३ बजे भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा बस र हायस ठोकिएको हो। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोकिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

मृतक पाँचै जना चालकसहित माइक्रोबसका यात्रु रहेको चितवन प्रहरी प्रवक्ता एवं डीएसपी भेषराज रिजालले बताए। माइक्रोबसका चालक चितवन खैरहनी–४ का ४० वर्षीय अनोज अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो। गम्भीर घाइते एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य चार जना घाइते भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ।

माइक्रोबसका सहचालक भोज बिक्रम शाह पनि घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले बस चालक मकवानपुर हेटौडा उमनपा–९ का सूर्य विक्रम विष्टलाई  नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.