नलगाडको उपमेयरमा कांग्रेसबाट इन्द्रा सिंह

नलगाडको उपमेयरमा कांग्रेसबाट इन्द्रा सिंह

जाजरकोट : आगामी मंसिर १६ गत हुने उपनिर्वाचनमा नलगाड नगरपालिकामा नेपाली कांग्रेसले इन्द्रा चन्द सिंहलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ। 

पालिका र जिल्ला कार्य समितिको सिफारिसका आधारमा बिहीबार बसेको कांग्रेसको प्रदेश समितिले उम्मेदवारको टुंगो लगाएको जिल्ला सभापति वेदराज सिंहले बताए।

नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भूकम्पमा परी मृत्यु भएपछि पद रिक्त थियो। सिंह २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएकी थिइन्। गत निर्वाचनमा सिंह ५ हजार ४ सय ६ मत पाएर विजयी भएकी थिइन्। 

उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३ सय ९३ मत पाएकी थिइन्। त्यतिबेला पराजित उपप्रमुख सुनिता बोहरालाई नेकपा एमालेले पुनः उपप्रमुखमै उम्मेदवार बनाएको छ। 

माओवादी केन्द्रले देवका लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघिको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए। मेयरमा माओवादी केन्द्र र उपमेयर कांग्रेसका भागमा परेको थियो। दुवैले चुनाव जितेका थिए तर यस पटक प्रमुख तीनवटै दलले छुटाछुट्टै उम्मेदवार अघि सारेका छन्।

अहिले कांग्रेसले उम्मेदवार बनाएकी इन्द्रा चन्द सिंह स्वर्गीय सरिताकै भाइबुहारी हुन्। पार्टीमा खासै सक्रिय नभए पनि कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो। उनी अहिले क्रियाशील सदस्य मात्रै छिन् भने पूर्वशिक्षक हुन्। यस्तै कुशे गाउँपालिका-७ को वडाध्यक्षका लागि कांग्रेसले खम्बबहादुर सिंहलाई उम्मेदवार बनाउने भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.