कोल्पुटार–झ्याङी सडक निर्माण सुरु

कोल्पुटार–झ्याङी सडक निर्माण सुरु
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको पुर्वी भेगमा रहेको कोल्पुटार–झ्याङ्ली सडकको निर्माण सुरु गरिएको छ। सो सडकको बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङले शिलान्यास गरेसँगै निर्माण सुरु भएको छ। मेयर गुरुङले बेलकोटगढी-५ तीनसल्लेमा निर्माणाधीन सो सडकको शिलान्यास गरेका हुन्।

सडक निर्माण कार्यको शुभारम्भ गर्दै मेयर गुरुङले सडक निर्माण भई मोटरयात्रा गर्ने गाउँवासीको चाहनाले अब छिट्टै सार्थकता पाउने बताए। आफ्नै पहलमा उक्त सडकको निर्माण सुरु भएको उल्लेख गर्दै मेयर गुरुङले गाउँवासीको विकास र उत्थानमा बेलकोटगढी नपा सदैव क्रियाशील रहेको दाबी गरे।

बागमती प्रदेश सरकारको कुल ३८ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको सो कोल्पुटार–दुइपीपल–देउराली–दियाले–झ्याङ्ली सडकको बहुवर्षीय योजना अन्तर्गत निर्माण सुरु भएको हो। कुल ३४ किलोमिटर लम्बाइको सडक आसफाल कालोपत्रे, कलभर्ट र नालीसहित निर्माण गर्ने योजना छ।

सात मिटर चौडाइ रहने सो सडक विभिन्न चरणमा गरेर आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने तयारी अनुसार निर्माण कार्य भइरहेको बेलकोटगढी नपा कार्यालय बाघखोरले जनाएको छ। गुणस्तरीयता र दीर्घकालीन रूपमा टिकाउ हुने निर्माण गर्न नपाले निर्माण पक्षलाई निर्देशन दिएको छ।

सडक निर्माणपछि स्थानीय किसानका उत्पादनहरू अन्न तथा तरकारीले बजार पाउनुका साथै नुवाकोटको सदरमुकाम विदुर जानसमेत सुविधा पुग्ने उपमेयर शिवप्रसाद दाहालको भनाइ छ। उनका अनुसार नुवाकोटको दक्षिणपूर्वी भेगका ५० प्रतिशत सर्वसाधारणलाई यसले सुविधा पुग्नेछ।

सडक निर्माण शुभारम्भ कार्यक्रममा बेलकोटगढी-४ का वडाध्यक्ष चन्द्रवहादुर तामाङलगायत सरोकारवालाले यस कोल्पुटार–दुइपीपल–देउराली–दियाले–झ्याङ्ली सडक त्रिदेशीय मार्ग वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी सडकमार्गको बीचमा रहेको कोल्पुटारमा जोडिने भएका कारण झनै महत्वपूर्ण रहेको बताए। सो सडक झ्याङ्ली हुँदै काठमाडौं जोड्ने योजना छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.