फोर्स गाडी दुर्घटना : मृतकका आफन्तहरू सुर्खेतमा आन्दोलित

फोर्स गाडी दुर्घटना : मृतकका आफन्तहरू सुर्खेतमा आन्दोलित
सुर्खेतमा भएको आन्दोलनमा गाडी दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका आफन्तहरू। तस्बिर : बिस्नप्रसाद न्यौपाने।
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेत–दैलेख सडक खण्ड अन्तर्गत शुक्रवार रातानाङलामा भएको फोर्स गाडी दुर्घटनामा परी मृत्यु भएकाका यक्तिका आफन्तहरू आन्दोलित भएका छन्। शुक्रबार दिउसो वीरेन्द्रनगर नगरपालिका –१४ स्थित रातानाग्लामा कर्णाली प्रदेश  ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो। उक्त दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए। 

मृतकका आफन्तहरूले शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्थित एरीचौकबाट मंगलगढी चोकसम्म विभिन्न मागहरू राखेर प्रदर्शन गरेका छन्।  मृतकका आफन्तहरूले क्षमताभन्दा बढी यात्रु राख्दासमेत नदेख्ने प्रहरीहरूलाई निलम्बन गर्नुपर्ने, गाडीमा जथाभाबी यात्रु चढाउने कार्य बन्द गर्नुपर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने गाडी र व्यवसायीहरूलाई कानुनी कारबाही गर्नुपर्ने लगायतका मागहरू राखेका छन्। उनीहरूले आन्दोलनमा यातायात व्यवसायी, प्रहरी र सरोकारवाला निकायहरूको चर्को ओलोचनासमेत गरेका छन्। 
    

उक्त दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका वडा नं. ५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका वडा नं. २ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका वडा नं. २ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्टको मृत्यु भएको थियो। दुर्घटनामा ३० जना घाइते भएका थिए। घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ३० जनामा १६ जना महिला र १४ जना घाइते भएका थिए। घाइतेहरू सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.