काठमाडौं : यु-१९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा युएईले नेपाललाई १२३ रनको बलियो लक्ष्य दिएको छ।
घरेलु टोलीले युएईले जितका लागि नेपाललाई बलियो लक्ष्य दिएको हो। युएईको अजमानमा टस जितेर ब्यटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको हो।
युएईका लागि रनिथा रजिथाले सर्वाधिक ४८ रन र ओपनर लाभन्या केन्यले २० रन बनाइन्। अन्य खेलाडिले उल्लेख्य रन बनाउन सकेनन्।
नेपालका लागि रिया शर्माले ३ विकेट, पुजा महतो, सिमाना केसी र कृष्मा गुरुङले १/१ विकेट लिइन्। नेपालले यस अगाडि थाइल्यान्ड र कुवेतलाई हराएको थियो।