तुइनबाट मोटरसाइकल तारेको १५ सय, मान्छे तारेको २ सय रुपैयाँ

तुइनबाट मोटरसाइकल तारेको १५ सय, मान्छे तारेको २ सय रुपैयाँ
सुन्नुहोस्

हुम्ला : प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा नेपाललाई तुइन मुक्त बनाउने घोषणा गरे। उनले झुलुंगे पुलमार्फत तुइन विस्थापन गरी नागरिकलाई सेवा दिन सरोकारवाला निकायलाई निर्देशन पनि दिए। तर घोषणा गरेको ९ वर्ष बितिसक्दा पनि हुम्लाका नागरिकहरुले तुइनबाटै कर्णाली नदी वारपार गर्न बाध्य छन्।

हुम्लाको चंखेली गाउँपालिकाको लोती कर्णाली सर्केगाड गाउँपालिकाको रिप र खार्पुनाथ गाउँपालिकाको लालीमा तुइनकै भरमा स्थानीय कर्णाली वारपार गरिरहेका छन्। मुगु र हुम्ला जोडने ६५ किलोमिटर दुरीमा लिंक रोड निर्माण भएको वषौँ बितिसक्दा समेत बेलिब्रिज पुल निर्माण नुहुँदा चंखेली गाउँपालिकाको लोती कर्णालीमा तुइनबाट मोटरसाइकल र सामान तार्ने गरेको छ। एक पटक मोटरसाइकल तारेको १५ सय रुपैयाँ तिर्न बाध्य भएको सिमकोट गाउँपालिका–५ का सन्तोष बोहराले जानकारी दिए। ७ जना सिमकोटदेखि मोटरसाइकलमा रारा घुम्न जाँदा लोती नदीमा तुइनबाट आउजाउ गर्दा तुइनको मालिकको सिन्डिकेट रहेको बोहराले बताए।

तुइनबाट आउजाउ गर्न १ सय देखि २ सय रुपैयाँ तिर्न बाध्य रहेको सिमकोट गाउँपालिका-१ का नरेन्द्र भण्डारीले बताए। मोटरसाइकल तार्न भाडामा १५ सय रुपैयाँ तिरेर रारा घुम्न गएको भण्डारीले बताए।

बेलिब्रिज पुल निर्माण नुहुँदा तुइनबाटै गाउँपालिका केन्द्र पुग्न बाध्य भएको चंखेली गाउँपालिका-१ का वडाध्यक्ष गोविन्द बोहराले दुखेसो गरे। वडा कार्यालयको मोटरसाइकल भएपछि तुइन तार्न महंगो पर्ने भएकोले मोटरसाइकल नदी पारी छोडेर तुइनबाट पालिका केन्द्र आउने गरेको उनले बताए। 

पुल निर्माण नहुँदा मुगु हुम्ला जोड्ने लिंक रोड प्रयोगविहीन भएको उनले अन्नपूर्ण पोस्टसँग बताए। यस्तै गरी हुम्लाको सर्केगाड गाउँपालिका - रिप गाउँका ३१९ घरधुरीका नागरिक पनि तुइनको जोखिम मोल्दै नदी वारपार गर्न बाध्य देखिएका छन्।

स्थानीयदेखि जनप्रतिनिधीसम्म तुइनमै झुन्डिएर रिप नदी पार गर्दै आएको सर्केगाड गाउँपालिका २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए। नदीमा झुलुंगे पुलसम्म निर्माण नहुँदा सामान पनि तुइनबाट ओसारपोसार गर्न पर्न बाध्यता रहेको वडाध्यक्ष कार्कीले दुखेसो व्यक्त गरे।

उनले भने, ‘तुइनकै भरमा स्थानीय गाउँपालिकाको कार्यालय आउने जाने गर्छन्। ‘कर्णाली नदीमा झोलुंगे पुल नहुँदा तुइनबाट आउजाउदेखि सामान तार्ने गरेका छौं’, उनले भने, ‘नदीभन्दा पारी सडक छ। गाउँपालिका कार्यालय आउजाउ गर्न र गाडी चढ्न तुइन तरेर जानुपर्छ।’ झोलुंगे पुल नहुँदा तुइनबाट तार्ने क्रममा घर निर्माणका लागि खरिद गरेर ल्याएको ६ बन्डल जस्तापाता नदीमा खसेको सर्केगाड गाउँपालिकाकी गीता कार्कीले बताइन्।

कर्णाली नदीमा झोलुंगे पुल नहुँदा गाउँपालिकाको कार्यालय जाउआउ गर्न निकै समस्या भएको स्थानीयको भनाइ छ। खार्पुनाथ गाउँपालिका–४ को लालीबगरमा कर्णाली करिडोरको सडक निर्माणका क्रममा झोलुंगे पुल भत्किएपछि थाली गाउँका बासिन्दा पनि कर्णाली वारपार गर्न तुइनकै भर पर्दै आएका छन्। सदरमुकाम सिमकोट जान कर्णालीपारिको सडक भएर जानुपर्छ।

सडकमा पुग्न तुइनबाट कर्णाली नदी तर्नुपर्छ। प्राकृतिक रूपमा सुन्दर भए पनि विकट कर्णाली दुःख, अभाव र गरिबीको पर्यायवाची जस्तो बनेको छ। नागरिकले यस्तो जोखिमपूर्ण यात्रा गर्दासमेत सरकार मूकदर्शक बनेको छ। पुल निर्माण कम्पनीको लापरबाहीका कारण पनि समयमै पुल बन्न नसक्दा तुइनकै भर पर्नु परेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.