अबको व्यवस्थामा सांसदलाई होइन, विज्ञ समूहबाट मन्त्री बनाउनुपर्छ : प्रचण्ड

अबको व्यवस्थामा सांसदलाई होइन, विज्ञ समूहबाट मन्त्री बनाउनुपर्छ : प्रचण्ड
सुन्नुहोस्

थाहानगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष  तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणालीको स्वरूप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याउनुपर्ने बताएका छन् । मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबारहीमा भएको आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले देशमा स्थिरता कायम गर्न प्रत्यक्ष कार्यकारीमा जान संविधान संशोधन गर्न सकिने बताएका हुन् । 

नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन नभएसम्म देशमा स्थिर  शासन र देशको विकास नहुने उनको भनाई छ । ‘अबको व्यवस्थामा सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनुपर्छ । विज्ञ समूहबाट मन्त्री बनाउनुपर्छ’, उनले भने । 

अहिलेको सरकारले प्राप्त अधिकार र उपलब्धिलाई खोस्ने गरी संविधान संशोधन गर्न खोजेको देखिएको भन्दै प्रचण्डले माओवादीले उक्त अवस्था आउन नदिने बताए । सहकारी ठगीको विषयमा सरकारले राजनीतिक रूपमा प्रतिस्पर्धामा रहेको शक्तिलाई कमजोर बनाउने खेलमा सक्रिय भएको उनले आरोप लगाए । आफ्नो र पराईको व्यवहार नगरी ठगीको विषयमा सबै पक्षमा अनुसन्धान हुनुपर्ने दाहालको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.