पाल्पा दरबार संग्रहालयमा हट्यो अँध्यारो

पाल्पा दरबार संग्रहालयमा हट्यो अँध्यारो
सुन्नुहोस्

तानसेन : पाल्पाको प्रमुख ऐतिहासिक पर्यटकीय केन्द्रका रूपमा रहेको पाल्पा दरबार संग्रहालयमा अँध्यारो हटेको छ। संग्रहालयभित्र बिजुली बत्ती नभएको समयमा पनि वैकल्पिक ऊर्जाको व्यवस्था गरी झिलिमिली हुने बनाइएको हो। 

संग्रहालय अवलोकन गर्न जाने पर्यटकहरूले बिजुली नभएको समयमा अँध्यारोको कारण अवलोकन नगरी फर्कनु पर्ने बाध्यता थियो। संग्रहालय अवलोकन गर्न पुगेका लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बिजुली बत्ती नहुँदा पर्यटकहरूले संग्रहालय अवलोकन गर्न नपाउने अवस्था देखेपछि ‘दरबार संग्राहलयमा वैकल्पिक ऊर्जाको व्यवस्था मिलाउन अनुरोध गरेका थिए। 

विद्युत नभएको समयमा संग्रहालय अँध्यारो रहने अवस्था थियो। संग्रहालय अँध्यारो हुँदा अवलोकन गर्न नसकिएको गुनासो आउने गरेकोमा पर्यटनमन्त्री न्यौपानेले समस्या समाधानका लागि पहलकदमी लिएकै कारण उज्यालो बनाउन सकिएको संग्रहालयका कार्यकारी निर्देशक श्याम कुमार पौडेलले बताए।  

मन्त्री न्यौपानेले संग्रहालयमा तत्काल वैकल्पिक ऊर्जाको व्यवस्था गर्न मन्त्रालय मातहतको पर्यटक परिषदलाई निर्देशन दिए लगत्तै तत्कालै इन्भटर खरिदका लागि बजेटको व्यवस्थापन गरिदिएको थियो। 

संग्रहालयमा धेरैभन्दा धेरै पर्यटकहरू भित्र्याउने, अवलोकन गराउने, पुराना कला संस्कृतिका बारेमा जानकारी गराउने, विभिन्न पक्षलाई सोधखोज तथा अनुसन्धान सहयोग पुर्‍याउन आवश्यक पूर्वाधारहरूको विकास गर्न मन्त्रालयले आवश्यक कामहरू गर्दै आएको प्रदेश पर्यटनमन्त्री न्यौपानेले बताए। 

२०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादी आक्रमणबाट ध्वस्त भएको पाल्पा दरबारलाई पुनर्निर्माण गरेपछि २०७२ सालदेखि दरबार संग्रहालयका रूपमा सञ्चालनमा आएको थियो। 

पाल्पा दरबारलाई प्रताप शमशेर राणाले निर्माण गरेका थिए। तत्कालीन माओवादीको आक्रमण हुनुअघि पाल्पा दरबारमा जिल्लाका अधिकांश कार्यालयहरू सञ्चालनमा रहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.