अवैध सम्बन्ध : सात महिनाको गर्भपतन गराएर फरार भएपछि...

अवैध सम्बन्ध : सात महिनाको गर्भपतन गराएर फरार भएपछि...
सुन्नुहोस्

झापा :  झापाको हल्दिवारी गाउँपालिका–१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयभित्र गर्भपतन गराएर फरार भएकी महिला पक्राउ परेकी छन् ।

नवजात शिशु (छोरा) गर्भपतन गराएकी बिर्तामोडकी अदाजी ३५ वर्षीया महिलालाई आइतबार दिउँसो करिब २ बजे घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । विवाहित ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको जनाइएको छ । 

अवैध सम्बन्धबाट गर्भ रहेपछि त्यसलाई डाइग्नोस्टिक सेन्टरमा गर्भपतन गराउन महिला पुगेकी थिइन् । त्यो गर्भ कसको हो भनेर ती महिलाले व्यक्तिको नाम नखुलाए पनि गोलधापतिरका व्यक्तिको भएको स्वीकारेको जनाइएको छ । 

पेट दुख्यो भनेर ती महिला शनिबार बिहान ७ बजे सिटी सफारी चढेर डाइग्नोस्टिक सेन्टर पुगेकी थिइन् । त्यहाँ पुगेपछि उनलाई इन्जेक्सन लगाइएको थियो । त्यसपश्चात् उनको गर्भपतन भएको थियो । उनले शौचालयमा गएर अन्दाजी ७ महिनाको शिशुलाई फालेर भागेकी थिइन् । प्रहरीले शिशुलाई मृत अवस्थामा फेला पारेका थिए । शिशु जीवितै जन्मिएको वा मृत अवस्थामा जन्मिएको त्यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी चन्दले बताए । ती महिलालाई सिसी टिभी फुटेजको आधारमा पहिचान गरी पक्राउ गरिएको हो । 

अहिले अनुसन्धानकै क्रममा रहेकोले महिलाको नाम सार्वजनिक नगरिएको बताउँदै डीएसपी चन्दले भने,‘ज्यान कसुर मुद्दामा अदालतबाट म्याद थपेर अनुसन्धान हुँदैछ,महिलाको बयानको आधारमा थप कुरा खुल्नेछ ।’ 

घटनामा अन्य व्यक्तिहरू पनि दोषी भेटिए उनीहरूलाई पनि कानुनी दायरमा ल्याउने उनको भनाइ छ । प्रहरीले गर्भपतन गराउने डाइग्नोस्टिक सेन्टरका सञ्चालक सुजन घिमिरेमाथि पनि निगरानी राखेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.