जाजरकोटमा फोर्स गाडी र जिप दुर्घटना हुँदा ३९ घाइते

जाजरकोटमा फोर्स गाडी र जिप दुर्घटना हुँदा ३९ घाइते
सुन्नुहोस्

जाजरकोट : जाजरकोटमा भएका छुट्टाछुट्टै दुर्घटनाका घाइतेहरूमध्ये गम्भीर नौ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ। 

जाजरकोटको भेरी नगरपालिका-१३ कुदु र नलगाड नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका छन्। सोमबार भेरी नगरपालिका-७ बाट नेपालगन्ज जान लागेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएको प्रहरीले जनाएको छ। ती मध्य गम्भीर घाइते ७ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिएको छ। सामान्य घाइते ५ जना उपचार पछि घर फर्किएका छन्।

यस्तै बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिएको छ। सामान्य घाइते चार जना डिस्चार्ज भएका हुन्। 

दुवै दुर्घटनाका घाइतेमध्ये ९ जनालाई हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले बताए। उनीहरूको अवस्था गम्भीर भएकाले सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि सुर्खेत पठाइएको उनले बताए। हेलिकोप्टरले उद्धार गर्नेहरूमा महिसा शाही, नीति सिंह, धर्म चन्द, लक्ष्मी अधिकारी, पवित्रा अधिकारी, हरिकला परियार, धनकली थापा, भीमबहादुर शाही लगायतका रहेको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए। धेरैजसोको टाउकोमा चोट लागेको छ।

१६ जनाको क्षमता रहेको गाडीमा ३६ जना भन्दा बढी यात्रु सवार थिए। क्षमता भन्दा धेरै यात्रु राखेका कारण गाडी अनियन्त्रित भई मोडमा दुर्घटना भएको स्थानीयको भनाइ छ। घाइतेहरूलाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र कुदुमा उपचारका लागि लिएका थिए। स्वास्थ्य केन्द्रका अनुसार घाइतेलाई सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको थियो। गाडि सडकबाट करिब ४० मिटर तल खसेको बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.