१० हजार किशोरीलाई एकैसाथ आत्मरक्षा तालिम

१० हजार किशोरीलाई एकैसाथ आत्मरक्षा तालिम
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षाका लागि बुधबार तालिम दिन लागेको छ। महानगरभित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरूलाई तालिम दिन लागिएको महानगरपालिकाका मेयर राजेशमान सिंहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। बुधबार बिहान १० बजेबाट सुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगन्जका सामुदायिक र निजी विद्यालय, कलेज गरी १० हजार बढी छात्राहरूको सहभागिता रहने मेयर सिंहले बताए। 

एकसाथ १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा महानगरको नाम लेखाउने तयारी समेत भएको उनले बताए। यो तालिम सफल रुपमा सम्पन्न भएमा वीरगन्जको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने भएको हुँदा आम नगरवासीलाई कार्यक्रम सफल पार्न पनि उनले आग्रह गरे। 

वीरगन्ज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका मार्सल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टीलाई बोलाएर किशोरीहरूलाई प्रशिक्षण दिन लागिएको महानगका उपमेयर इम्तियाज आलमले जानकारी दिए। आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरूलाई ल्याउने लैजाने व्यवस्था सहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए।

भारतबाट आएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्सल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुन्। शेट्टीले अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिइसकेका छन्। 

ख्याति प्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरू (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यले व्यक्त गरे। पत्रकार सम्मेलनमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरूलाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताए। बुधबार हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरू खटाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.