हुम्लामा बिरामीले समेत पाउँदैनन् हवाई टिकट

हुम्लामा बिरामीले समेत पाउँदैनन् हवाई टिकट
सुन्नुहोस्

हुम्ला : नाम्खा गाउँपालिका-२ च्यादुक गाउँका ७८ वर्षीय द्याम्जो तामाङले पाँच दिन कुरेपछि बल्लतल्ल नेपालगन्जको लागि जहाज टिकट पाए।

तामाङ खुट्टाको क्यान्सर भएर उपचारमा पाँच दिनपछि जहाज टिकट पाएर नेपालगन्ज झरेका उनकी छोरी पेमा तामाङले दुःखेसो गरिन्। घरबाट आएको पाँच दिन बितिसक्दासमेत जहाज टिकट नपाउँदा सास्ती खेप्न बाध्य भएको तामाङले बताइन्।

२१ गते सीता र समिट एयरलाइन्सलाई जहाज टिकटको आग्रह गरे पनि नपाएको तामाङको भनाइ छ। मंगलबार नेपाल वायुसेवा निगमको जहाजमा टिकट पाएको उनले अन्नपूर्ण पोस्टलाई बताइन्। बुधबार तालिमका लागि सुर्खेत झर्ने जहाज टिकटको लागि तीन दिनसम्म सिमकोट विमानस्थल धाउँदा पनि जहाज टिकट नपाएको जिल्ला अस्पताल हुम्लाका निमित्त कार्यालय प्रमुख डा. प्रतीक्षा भारतीले जानकारी दिइन्।

जिल्ला प्रशासन कार्यालय हुम्लामा सरकारी टिकटको लागि पहल गर्दा पनि सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले विभेद गरेका जिल्ला अस्पताल हुम्लाका एक चिकित्सकले गुनासो गरे। जिल्ला अस्पताल हुम्लाबाट रेफर गरिएका बिरामीहरू पनि ओझेलमा पर्ने गरेका जिल्ला अस्पताल हुम्लाले जनाएको छ।

सीता, समिट र तारा एयरलाइन्सले नियमित उडान नगरेपछि हुम्ला जिल्लाबाट दसैंतिहार सकेर सहर झर्ने विद्यार्थी, बिरामी, वृद्धवृद्धा नागरिकलाई सकस बढेको छ। 

जिल्ला प्रशासन कार्यालय हुम्लाको नाम रहेको जहाज टिकटमा सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले दुरुपयोग गर्ने गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले आफ्ना निकटका मान्छेलाई सिफारिस गर्ने गरेको गुनासो बढेको छ।

नेपाल वायु सेवा निगमले दुई सिट जिल्ला प्रशासनको नाममा जहाज टिकट राखे पनि बिरामी, विद्यार्थी, आवश्यक कामले नेपालगन्ज झर्ने सरकारी कार्यालयका प्रमुखले भने पाउँदैनन्। जिल्ला अस्पताल हुम्लाका एक चिकित्सकका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीलाई सरकारी टिकटको कुरा गर्दा यो हाम्रो अधिकारभित्र पर्ने भएकोले आफूखुसी हाल्न सकिने जवाफ दिए।

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको सुर्खेत नियमित उडान नहुँदा हुम्लाका नागरिक लुम्बिनी प्रदेशको नेपालगन्ज भएर गाडीमा सुर्खेत झर्न बाध्य भएको चंखेली गाउँपालिका-१ का हीरा बोहराले बताए। नेपाल वायु सेवा निगमले सुर्खेतबाट पनि हुम्लामा उडान गर्नुपर्ने उनको भनाइ छ।

दसैं–तिहारजस्ता चाडपर्व मनाउन विभिन्न सहरबाट घर फर्कने यात्रु टिकट नपाएर बर्सेनि अलपत्र पर्छन्। यो दसैंमा पनि टिकट नपाएरै हुम्लीहरू नेपालगन्ज र सुर्खेतका एयरपोर्टमा अलपत्र परे। बर्सेनि एउटै समस्या भोग्नुपर्ने बाध्यता बीच चुनावको बेला नेताहरू भोट माग्न आउँदा स्थानीय नेतासँग आक्रोशित छन्। नेतालाई छैन समस्या

कर्णालीका मन्त्री र नेताहरूलाई भने हवाई टिकटमा कुनै समस्या छैन। प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई हुम्ला जानु पर्दा निजी क्षेत्रको समिट एयर भनेकै ठाउँमा पुग्छ। नेकपा एमालेका छक्कबहादुर लामा, दल रावललगायतका लागि सीता एयर ठाउँमै पुग्छ। नेताहरूका आडमा निजी एयरलाइन्स तयारी अवस्थामा हुने भए पनि हुम्लीको पीडाबारे नेताहरूलाई चासो हुँदैन।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकलाई जहाज टिकट पाउन जहिल्यै सास्ती हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.