विमानस्थलको विकेन्द्रीकरण

विमानस्थलको विकेन्द्रीकरण
सांकेतिक तस्बिर ।
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) विस्तारको काम चलिरहेको छ । अरू बेला २१ घन्टा दैनिक चल्ने विमानस्थल १४ घन्टामात्रै चालु छ । ट्याक्सी–वे विस्तारको काम हुँदा विमानस्थलमा उडान र अवतरणको समय घट्यो । भलै त्रिभुवन विमास्थलको सेवा अवधि घटेकै हुनाले किन नहोस्, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोझिन थालेका छन् ।

मंगलबार कतार एयरवेयजले पनि भैरहवाबाट उडान थाल्यो । फ्लाई दुबई, जजिरा एयरवेज र थाई एयरवेजले भैरहवाबाट उडान थालिसकेकै थिए । सँगसँगै स्वदेशी राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स पनि छँदैछ । यसले गर्दा अर्बाैं रूपैयाँमा निर्माण भएर पनि अन्तर्राष्ट्रिय उडान हुन नपाएको भैरहवालाई ठूलो राहत भएको छ । भलै पोखरामा भने २२ अर्ब लगानीको अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै अन्तर्राष्ट्रिय वायुसेवा गएका छैनन् ।

कात्तिक २३ देखि चैत १८ गतेसम्म त्रिअविमा मर्मत तथा विस्तारको काम हुने भएपछि नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखराको विकल्प दिएको थियो । केही छुट सुविधाका आकर्षण पनि थए । चार एयरलाइन्सको उडान भैरहवाबाट हुँदा पनि त्रिअविको भार कम भएको छ । साथसाथै नेपालसँग अन्तर्राष्ट्रिय हवाई सम्बन्ध–विच्छेद हुनबाट पनि रोकिएको छ ।

राजधानी काठमाडौंको मात्रै विमानस्थलमा केन्द्रित नभई विमानस्थलको पनि वास्तवमा विकेन्द्रीकरण भएको छ । पोखरामा समेत वायुसेवा कम्पनीहरूलाई लैजान सकेको भए झन् सुनमा सुगन्ध हुने थियो । अझै बेला बितेको छैन । सरकारले कूटनीतिक पहलकै माध्यमबाट भए पनि त्यो प्रयास गर्न सक्छ । कम्तीमा भैरहवाको विमानस्थलमा उडान हुँदा राज्यले गरेको लगानीको सदुपयोग हुन पाएको छ ।

विदेश जाने नेपाली र नेपाल आउनेहरूका लागि पनि विमानस्थलको विकेन्द्रीकरणले लाभ नै दिएको छ । भलै केही उडान भने कटौती भएकै छन् । त्यसको सोझो असर स्वरूप यात्रुहरूलाई हवाई भाडा महँगो पर्न गएको छ । संकटको बेला यस्तो हुन गएको छ । उड्नै नपाउनुभन्दा महँगोमा भए पनि सुविधा पाउनु त ठिकै हो, तर राज्यले चाहिँ हवाई भाडा कम गर्ने प्रयासको पहल गर्ने कर्तव्यबाट बिमुख हुनु हुँदैन ।

र, भैरहवामा अहिले भएकाभन्दा धेरै वायुसेवा कम्पनीलाई उडानका लागि प्रयास गरेर पनि हवाई यात्रा र भाडा सहज तथा सुलभ बनाउनुपर्छ । आखिर कुनै वायुसेवामात्रै भैरहवा जान किन मानेनन्, भन्ने पनि खोजी गर्नुपर्छ । गएकाहरूको उदाहरण उनीहरूलाई प्रेरणा हुन सक्छ । र, पोखरामा पनि उडानका लागि सरकारले अरू तयारी गरेकै छ भने त्यता पनि प्रेरित गर्न किन कन्जुस्याइँ गर्ने ? अध्यागमन, भन्सार र सुरक्षा लगायत पूर्वाधार त भैरहवामा जस्तै पोखरामा पनि छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.