रुकुम पश्चिममा भाडा मनपरी असुल्ने गरेको गुनासो, भाडा दर निर्धारण गर्न समिति गठन

रुकुम पश्चिममा भाडा मनपरी असुल्ने गरेको गुनासो, भाडा दर निर्धारण गर्न समिति गठन
सुन्नुहोस्

रुकुमपूर्व : जिल्लाका विभिन्न रुटहरूमा सञ्चालन भएका यातायात व्यवसायीले भाडा मनपरी असुल्ने गरेको गुनासो बढेपछि भाडा दर निर्धारण गर्न जिल्ला प्रशासन कार्यालयले समिति समेत गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । 

समितिको सदस्यमा यातायात सेवा कार्यालय चौरजहारी, सडक डिभिजन चौरजहारी, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्लामा क्रियाशील यातायात व्यवसायी प्रा लीका प्रतिनिधि सदस्यको रूपमा रहेका छन् ।

समितिले जिल्लाभित्रका विभिन्न आन्तरिक सडकमा चल्ने पुराना सडक रुटहरूमा पछिल्लो समयमा भएको सडक स्तरोन्नति सँगै पूर्व निर्धारित भाडा दरलाई परिमार्जन गर्ने, नयाँ सडक रुटहरूमा सञ्चालित सवारी साधनहरूको भाडा दर निर्धारण गर्ने, तोकिएको भाडा दर लिए नलिएको, सिट क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता समस्यालाई नियन्त्रणका लागि सुझाव पेस गर्ने छ । समितिले यस विषयमा अध्ययन गरेर एक हप्ताभित्र प्रतिवेदन तयार पारी पेस गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.