मकवानपुरका प्रधानाध्यापक बम्जनमाथि गोली हान्ने पक्राउ

मकवानपुरका प्रधानाध्यापक बम्जनमाथि गोली हान्ने पक्राउ
सुन्नुहोस्

सिन्धुली : मकवानपुरको बकैया गाउँपालिका-३ स्थित बुद्ध माबिका प्रधानाध्यापक प्रेम बम्जनमाथि गोली प्रहार गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही जिल्ला बागमती नगरपालिका-७ तुफानपुर बस्ने कन्चन ठाकुरका छोरा वर्ष ३० का प्रमानन्द भन्ने विजनन्द ठाकुर रहेका छन्। बागमती गाउँपालिका-१ बोटगाउँ घर भएका वर्ष ४० का बम्जनलाई गत आइतबार झाप्सेमा अज्ञात समूहले गोली प्रहार गरेर फरार भएका थिए। उनीहरूमध्ये ठाकुरलाई बागमती नगरपालिका १२ बथानेटोल सर्लाहीबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए। 

‘सर्लाही जिल्लाबाट सिन्धुली हुँदै मकवानपुर जिल्ला तर्फ मोटरसाइकलमा जाँदै गर्दा बम्जनलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ झप्सीस्थित बाबजी खोल्सीमा रोकी गोली प्रहार गर्ने तीन जनामध्ये एक जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरिएको छ,’ उनले भने। 

तराई मूलका देखिने तीन जनाको समूहमा रहेका अपरिचित व्यक्तिले गोली प्रहार गरेर फरार भएपछि सिन्धुली प्रहरी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, प्रदेश प्रहरी कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय काभ्रेले सीमा नाका शिल गरेर अनुसन्धान थालेको थियो। उनीहरूमध्ये एक जनालाई नियन्त्रण लिइएको र अन्यको खोजी कार्य जारी रहेको बताइएको छ। 

गोली प्रहारबाट बम्जन घाइते भएका छन्। उनको मुखमा गोली लागेको छ। गोली प्रहारबाट घाइते भएका प्रअ बम्जनलाई सिन्धुली र सर्लाही प्रहरीले उद्धार गरेर सर्लाहीको मोडल अस्पतालमा उपचार गरी थप उपचारका लागि वीरगन्जको वयोधा अस्पताल पठाइएको त्यहाँबाट पनि थप उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल पठाइएको छ। अहिले उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.