९ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं : अमेरिकन डलर साट्ने बहाना बनाई ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ९ लाख रूपैयाँ ठगि गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा बस्ने २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्णलाल पाईन पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरले जनाएको छ।
अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ मा बोलाई उक्त नगद ठगी गरी फरार भएका उनीहरूलाई प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।