प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेर बन्द भएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.०७ अंकले बढेर २७३८.९० विन्दुमा पुगेको छ। यो समयमा सेन्सेटिभ इण्डेक्स भने १.१२ अंकले बढेको छ।
प्रि ओपन सेसनमा ५२ स्टक्सको २२ हजार २७२ कित्ता सेयर १ करोड ५५ लाख ८७ हजार ३९१ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये २५ स्टक्सको मूल्य बढेको छ भने २० स्टक्सको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।