मुलुकलाई विकास र समृद्धितर्फ लैजान कांग्रेसले नै मुख्य भूमिका खेल्छ : मन्त्री सिंह

मुलुकलाई विकास र समृद्धितर्फ लैजान कांग्रेसले नै मुख्य भूमिका खेल्छ : मन्त्री सिंह
सुन्नुहोस्

काठमाडौं : उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले साना दलका कारण मुलुक अस्थीर भएकाले ठूला दल मिलेर सरकार बनाउनुपरेको बताएका छन्। 

बिहीबार ललितपुरमा नेपाल प्रजातन्त्र सेनानी संघको दोश्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता सिंहले जनताले म्यान्डेड दिएका ठूला दलभन्दा पनि साना दलको नेतृत्वमा पटकपटक सरकार बन्ने र सरकार परिवर्तन हुँदा मुलुक अस्थिरतातर्फ गएकाले ठूला दल मिलेर सरकार बनाउनुपरेको बताएका हुन्।

उनले ठूला दल मिलेर बनेको सरकारले पनि केहि गर्न नसके जनतामा थप निराशा छाउने भएकाले गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । सिंहले मुलुकमा प्रजातन्त्र ल्याउन कांग्रेसले अग्रणी भूमिका खेलेको भन्दै आगामी दिनमा मुलुकलाई विकास र समृद्धितर्फ लैजान पनि मुख्य भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

उनले कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीभित्र भएका समस्याका साथै कमी कमजोरीहरू हल गर्दै अघि बढ्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.