चीन भ्रमण सकेर लुम्बिनीका मुख्यमन्त्री स्वदेश फर्किए

चीन भ्रमण सकेर लुम्बिनीका मुख्यमन्त्री स्वदेश फर्किए
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फर्किएका छन्। चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री बिहीबार स्वदेश फर्किएका हुन। कात्तिक २६ गते सोमबार त्यसतर्फ गएका थिए। 

सिचुआन प्रदेशका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थल पुगेर मुख्यमन्त्री आचार्य सहितको प्रतिनिधि मण्डलको बिदाइ गरे। स्वदेश फर्किएका मुख्यमन्त्री आचार्यले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेण्डाहरू स्थापित गर्न सफल भएको बताए। ‘सम्मेलन मार्फत लुम्बिनी प्रदेशको विकासको एजेण्डा र भावी योजनाको बारेमा ध्यानाकर्षण गराउन सफल भयौं’ उनले भने,‘लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण निर्माणदेखि विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने सवालमा यो भ्रमण ऐतिहासिक रह्यो।’ 

सिचुआन प्रदेश र लुम्बिनी प्रदेशको बीचमा भएको मितेरी सम्बन्ध पुनर्ताजगि भएको, भ्रमणले लुम्बिनीमा लगानी भित्र्याउन वातावरण निर्माण गर्न सफल भएको, नवीन पर्यटनमैत्री योजना र पूर्वाधार निर्माण तथा सिचुआनको देयाङ नगरसँग लुम्बिनीका नगरपालिकाहरूको मितेरी सम्बन्ध स्थापना गर्ने बारेमा योजना बनाउन सफल भएको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए। 

सम्मेलन मार्फत मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशभित्र सिचुवान प्रान्त लगायत कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्र्याउन र लगानी सुरक्षित गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा सार्वजनिक गरेका थिए। नवलपरासी पश्चिम र कपिलवस्तुलाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालन बारे अध्ययनका लागि विदेशी लगानीकर्ता समक्ष योजना अघि सारेका थिए। 

प्रदेश राजधानी सहर निर्माण आयोजना, गौतम बुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी सहर राप्ती देउखुरी जोडन आवश्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने विभिन्न स्थलमा पर्यटन भौतिक पूर्वाधार निर्माण र मोनोरेल, लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि चिनियाँ प्राविधिक विश्वविद्यालयको आवश्यक सहयोग, चिनियाँ विधायन पद्धति र सिकाइका आधारमा लुम्बिनी प्रदेश सभाका सभासदहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग, कृषक, पशुपालकहरूको लागि क्षमता अभिवृद्धि उत्पादित वस्तु बजारीकरण तथा जडीबुटी उत्पादकहरूको लागि क्षमता विकासमा सहयोग तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथप्रदर्शन सम्बन्धी विशिष्ट तालिम एवं भाषा प्रशिक्षणको विषयमा ध्यानाकर्षण गराइएको थियो। 

सम्मेलनमा मुख्यमन्त्री आचार्य सहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत,स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने र मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्य सहभागी थिए। २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त बीच भगेनी सम्बन्ध कायम गरिएको थियो। तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्त बीच भगेनी सम्बन्ध कायम गरेका थिए। 

कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त बीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.