शिक्षामा ब्लुमट्याक्सोनोमी
डा. अनिला झा
क्षक्षिक प्रणालीको उद्देश्य भनेको विद्यार्थीको सिकाइको मूल्यांंकन गर्नु हो। सिकाइको मूल्यांकन विभिन्न किसिमबाट गर्न सकिन्छ। वार्षिक/सेमेष्टर परीक्षा प्रणाली, विषयवस्तुको प्रस्तुतीकरण, कन्टिन्यु एसेसमेन्ट सिस्टम, टेक होम परीक्षा र पियर ग्रेडिङ सिस्टम आदि यसका किसिम हुन्। सन् १९५६ मा वैज्ञानिक विन्जामिन ब्लुमले ब्लुमट्याक्सोनोमी संरचना निर्माण गरेका थिए। यो संरचनामा जम्मा ६ किसिमका डोमेन छन्। ती दुई तहमा विभाजित छन् : हाइयर अर्डर थिङकिङ र लोवर अर्डर थिङकिङ।
यस किसिमको संरचनाको सबैभन्दा तल्लो डोमेन एकदम फराकिलो हुन्छ। जसमा शैक्षिक सत्रभरि अध्ययन गरेको धेरैजसो विषयवस्तुलाई सम्झिनु पर्ने हुन्छ। यसलाई रिमेम्बरिङ डोमेन भनिन्छ। यो डोमेनको उद्देश्य शैक्षिक सत्रभरी अध्ययन गरेको विषयवस्तुलाई सत्रको अन्तिममा सम्झिन सक्नु र जवीनमा उपयोग गर्न सक्नुनै हो। दोस्रो डोमेनलाई अन्डरस्ट्यान्डिङ भनिन्छ। पहिलो डोमेनमा आवश्यक विषयवस्तुलाई दिमागमा राखेको हुन्छ, सबै बुझ्न र सम्झिन सकेको पनि हुँदैन। दोस्रो डोमेनको प्रमुख उद्देश्य भनेको बुझेको विषयवस्तुलाई आफ्नो शैलीमा व्यक्त गर्न सक्नु हो। यो तहको तत्वको अर्को उद्देश्य भनेको विषयवस्तुको सारांशलाई आफ्नो परिवेश तथा मौलिकताको उदाहरणसहित व्याख्या गर्नु हो।
तेस्रो डोमेन भनेको यप्लाई भनिन्छ। यस डोमेनमा सम्बन्धित तथ्यांक तथा बुझेको विषयवस्तुलाई आफ्नो परिवेशमा चित्रण गर्नुृपर्छ। बुझेको र सम्झेको विषयवस्तुलाई आफ्नो परिवेश, मौलिकता अनि आफ्नो भूगोल तथा धरातललाई आधार बनाएर उदाहरणसहित प्रदर्शन गर्न सक्नुपर्छ। चौथो डोमेन भनेको यनालाइज हो, यसको अर्थ सैक्षिक सत्रभरि अध्ययन गरेको विषयवस्तुलाई तहगत वर्गीकरण गर्दै विश्लेषण गर्नुपर्छ। यो डोमेनको अर्को मूल अर्थ भनेको विषयवस्तुलाई आलोचनात्मक र रचनात्मक ढंगबाट विषयवस्तुलाई प्रभावकारीताका साथ प्रस्तुत गर्नुपर्छ।
पाँचौं डोमेन भनेको इभालुएट हो। यो डोमेनले विषयवस्तुलाई आफ्नो तर्कअनुसार समर्थन अथवा असमर्थनको आधारमा व्याख्या गर्नु हो। छैटौं डोमेन भनेको क्रिएट हो। जसको आकार पहिलो डोमेन रिमेम्बरिङभन्दा झन्डै तीन खण्डको एक खण्डमात्र हुन्छ। यसको अर्थ भनेको पहिलो डोमेन रिमेम्बरिङबाट जति मात्रामा विषयवस्तुलाई बुझ्दै, सम्झिँदै र प्रस्तुत गर्दै जाँदा पनि अन्तिम भनेको कुनै पनि ज्ञानको झन्डै एक खण्डमात्र कग्निटिभ पावरको आधारमा जीवनमा समावेश भएको हुन्छ। यो संरचना विद्यार्थीको सिकाइको परिमाणात्मक अथवा विश्लेषणात्मक आधारमा मापन गर्नु हो। त्यसकारण, शिक्षण पद्धतिहरू पनि ब्लुमट्याक्सोनोमी आधार बनाएर पाठ्यक्रम-पठनपाठन र मूल्यांकन पनि यही तरिकाबाट सञ्चालन गर्नुपर्छ।
विद्यालय शिक्षाको मूल्यांकन पाठ्यक्रम र परीक्षाको प्रश्नपत्र निर्माणदेखि नै प्रारम्भ हुन्छ। अनि प्रश्न पत्रको निर्माण गर्दा कुनै विषयको प्रत्येक पाठको लर्निङ आउटकमको पनि राम्रोसँग अध्ययन हुनुपर्छ। लर्निङ आउटकमहरू प्नि ब्लुमट्याक्सोनोमीको आधारमा निर्माण भएको हुन्छ। विद्यालय शिक्षाको परम्परागत विधिमा ब्लुमट्याक्सोनोको आधार पाउन मुस्किल नै हुन्छ। विद्यालय शिक्षाको सिकाइको मूल्यांकन हालसम्म पनि परम्परागत शैलीमा नै ३-४ घन्टे परीक्षा प्रणालीमै केन्द्रित छन्। ३-४ घन्टाभित्र विद्यार्थीले सिकाइलाई ब्लुमट्याक्सोनोमीको पहिलो र दोस्रो तहको डोमेनहरू समाबेश गरेर सफलता प्राप्त गर्नुपर्ने हुन्छ।
उदाहरणका लागि, केही महिना अगाडि मात्र राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा पनि विद्यार्थीको सिकाइको मूल्यांकन गर्नुनै थियो। त्यस परीक्षाको नतिजाको तथ्यांकअनुसार ४७ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको छ भने ५१.१५ विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तैगरी, गत असारमा पनि कक्षा एसईईमा पनि ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए भने ४७.८७ प्रतिशत मात्र उत्तीर्ण भएका थिए। यही नतिजालाई विश्लेषण गर्ने हो भने वर्षभरि सिकाइएको ज्ञान तीन घन्टामा मूल्यांकनको मापन गर्नुपर्ने हुन्छ। यो मूल्यांकनलाई ब्लुमट्याक्सोनोमीको आधार बनाउने हो भने कतिसम्म सफल हुन सक्यौ त ?
एसईई र कक्षा १२ भनेको दुई किसिमको परीक्षा विद्यार्थीका लागि कोसेढुंगासरह नै हो। यी दुई परीक्षाको मुख्य उद्देश्य भनेको विद्यार्थीको भविष्य निर्माण गर्नु हो। शिक्षकले पढाउँदा÷सिकाउँदा पनि ब्लुमट्याक्सोनोमीलाई परिणाममुखी सम्बोधन गर्न असफल हो कि भन्ने पनि जिज्ञासा हुनसक्छ। विद्यार्थी केन्द्रित शिक्षण प्रक्रियामा पनि ब्लुमट्याक्सोनोमीको तेस्रो र चौथो तह, यप्याई र यनालाइज एकदम आवश्यक हुन्छ। यो तहसम्म पुग्न विषयवस्तुलाई दिमागमा फेमवर्क बनाएर एक्जिक्युट गर्नु हो अनि अन्तक्रियात्मक रूपमा प्रस्तुत गर्नु हो।
निष्कर्ष : ब्लुमट्याक्सोनोमीको संरचनाअनुसार निर्माण गरिएको पाठ्यक्रमको विषयवस्तुको डिजाइनले हरेक विद्यार्थीको सिकाइको उचाइ वृद्धि गर्नुको साथै शैक्षिक यात्रामा पनि सहज बनाउन सकिन्छ। त्यसकारण ब्लुमट्याक्सोनोमीको पहिलोदेखि तेस्रो तहसम्म मापन गर्नसक्नु विद्यार्थीको कग्निटिभ सीपको विकास गर्नु हो। बाँकी तीन तहको डोमेनहरू विद्यार्थीको सिकाइको उचाइलाई शैक्षिक परिवेशभित्र आफ्नै मौलिकतालाई समावेश गर्दै छलफल गर्नसक्नु हो। ब्लुमट्याक्सोनीको आवश्यकता भनेको शैक्षिक परिवेशमा पाठ्यक्रम निर्माण, कक्षाकोठाको सिकाइ विधि अनि मूल्यांकन प्रक्रियामा अपरिहार्य नै भएको छ।