पूर्वसभामुख ढुंगानाको निधनप्रति प्रधानमन्त्री ओलीले गरे दु:ख व्यक्त

पूर्वसभामुख ढुंगानाको निधनप्रति प्रधानमन्त्री ओलीले गरे दु:ख व्यक्त
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन्।

'विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु,'प्रधानमन्त्रीले भनेका छन्।

बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए।

उनी २०४८ सालमा प्रतिनिधिसभाको सभामुख बनेका थिए। आम निर्वाचन २०४८ सालमा काठमाडौंबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगानाले २०४८  असार ९ देखि २०५१ असोज १५ सम्म सभामुखको जिम्मेवारी सम्हालेका थिए।  उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.