बोर्डर सेक्युरिटीमा समन्वय गर्न नेपालको माग

बोर्डर सेक्युरिटीमा समन्वय गर्न नेपालको माग
सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक अमृत मोहन प्रसाद।
सुन्नुहोस्

काठमाडौं : नेपाल-भारत सीमामा हुने अपराध र तस्करी रोक्नका लागि दुवै देशका सुरक्षा अधिकारीहरू तयार भएका छन्। काठमाडौंमा जारी नेपाल-भारत सीमा सुरक्षा समन्वयको आठौं बैठकमा साझा एजेन्डाका रूपमा तय भएका ११ वटा बुँदा सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्यालले प्रस्तुत गरेका थिए। त्यस क्रममा नेपाल पक्षले खुल्ला बोर्डरको फाइदा उठाउँदै तेस्रो देशका मानिसहरू र लागुऔषध नेपालतिर ल्याउने समूहमा निगरानी गर्न आग्रह गरेको आइजीपी अर्यालले बताए।

बैठकमा बोर्डर सेक्युरिटीको विषयमा पनि छलफल भएको छ। अर्याल भने, ‘खुल्ला बोर्डरको फाइदा उठाउँदै तेस्रो देशका मानिसहरू र लागुऔषध नेपालतिर ल्याउने समूहमा निगरानी गर्न आग्रह गरेका छौं। राजस्वको चोरी निकासी नियन्त्रणमा सहयोग गर्न एसएसबीसँग आग्रह गरेका छौं।’ 

यस्तै भारतीय एसएसबीको तर्फबाट, नेपालको बाटो प्रयोग गरेर तेस्रो देशका मानिस भारत प्रवेश गर्ने र गाजा, चरेश जस्ता लागुऔषधको तस्करी रोक्नका लागि सशस्त्र प्रहरी बलसँग सहयोग माग गरेको छ। त्यस क्रममा नेपाल पक्षले दुई देशका नागरिकको आउजाउमा सहजीकरण र तेस्रो देशका मानिसको नियमनका लागि छुट्टै ‘टुरिस्ट डेस्क’ राख्नुपर्ने प्रस्ताव राखेको छ। एसएसबीले एपीएफलाई विमानस्थल सुरक्षा तालिम दिने विषय पनि बैठकमा छलफल भएको थियो। 

नेपाल भारतको खुल्ला वोर्डरको फाइदा उठाउँदै तस्करहरुले लागुऔषध, हातहतियार, लगायतका विभिन्न तसकरीका सामाग्री ओसारपसार गर्दै आएका छन्। 

नेपाल र भारतका तर्फबाट साझा रुपमा राखिएका एजेण्डाको ११ बुँदामा गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको स्वीकृति पश्चात सोमबार हस्ताक्षर हुने कार्यक्रम छ।

बैठकमा सिमावर्ति अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, तेस्रो देशबाट अवैध रुपमा आउने व्यक्तिहरुको आवतजावतमा नियन्त्रण जस्ता बुँदालाई बढि फोकस गरिएको थियो।  छलफलका क्रममा सिमा इलाकालाई नियमन गर्न र व्यवस्थित गराउन र तेस्रो मुलुकका नागरिकको घुसपैठ रोक्नका लागि साझा रणनीती बनाउने सम्झौता भएको छ। 

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक अमृत मोहन प्रसाद एसएसबीको उच्चस्तरीय टोली काठमाडौ आएको हो। छलफलमा सशस्त्र प्रहरीको आइजीपीसहित, गृह मन्त्रालय, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, नापी विभागका प्रतिनिधिहरुको उपस्थिती थियो। भारतीय एसएसबीका ९ जना प्रतिनिधि नेपाल आएका हुन्।  

लागुऔषध ओसारपसार नियन्त्रण 
सीमामा हुने गैरकानुनी कार्य र अपराध रोक्न, नियन्त्रण गर्नका लागी एसएसबी र सशस्त्र प्रहरीबीच भातृत्वको सम्बन्ध स्थापित भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सशस्त्र र एसएसबीसहित नियमित सूचना आदानप्रदान हुने, भेटघाट हुने, गस्ती परिचालित हुने, बोर्डरमा समस्या समाधानका लागी समन्यय गरिरहेको छ। बैठकका क्रममा भारतीय एसएसबी महानिर्देशकले नेपालबाट गाँजा, चरेस, अवैध सुन चादि तस्करी भएर जाने विषयमा नेपाललाई सर्तक गराएको थियो। नेपालका तर्फबाट पछिल्लो समय भारतीय स्थलमार्गबाट हुदै अवैध रुपमा नेपाल भित्रिने लागुऔषध ओसारपसार चुनौतीको रुपमा रहेको जानकारी गराएको थियो। भारतबाट तयारी ट्याबलेट र औषधिजन्य बोतलमा लागुऔषध आउने गरेकाले यसलाई पूर्णतया रोक्न एसएसबीको सहयोग माग गरेको थियो। 

दुई देशको नागरिक आउजाउमा मर्यादित व्यवहार गर्नुहोस् : गृहमन्त्री लेखक

एसएसबी महानिर्देशकसहितको टोलीले आइतबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेको छ। भेटघाटका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोवार र ओसारपसार नियन्त्रण, मानव बेचविखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधि गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिएका थिए। 

गृहमन्त्री लेखककले महेन्द्रनगरको गड्डाचौकी नाकाबाट दुई देश आवतजावत गर्ने नेपालीहरूलाई भारतीय एसएसबीले असहज व्यवहार गरेको गुनासो आएको बताउँदै सीमामा यात्रा गर्ने कुनै पनि नेपालीलाई दु:ख नदिन आग्रह गरे। यस्तै, नेपाल भारतका विभिन्न नाका हुँदै दैनिक जिवनयापन गर्ने नेपाली नागरिकमाथि भारतीय पक्षले मर्यादित व्यवहार गर्न र सीमामा बस्ने नेपालीलाई धरपकड नगर्न समेत उनले आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.