दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार युवती घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार युवती घाइते
सुन्नुहोस्

विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–१ जाँते मोडमा आइतबार दुर्घटना भएको छ। 

दुर्घटना हुँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको छ। पछाडि सवार युवती घाइते भएकी छन्। प्रहरीका अनुसार पानी बोकेर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ३५९२ नम्बरको पिकअप गाडीले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १–०२–०५५ प ७३८ मोटरसाइकललाई बिहान ११:२० बजेतिर ठक्कर दिएको थियो। 

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पिकअपको ठक्करबाट अनियन्त्रित बनेको मोटरसाइकल पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१६३ नम्बरको बसमा ठोक्किएको थियो। 

दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का २८ वर्षीय रमेश खड्काको मृत्यु भएको उनले बताए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्‍याउनसाथ चिकित्सकले दिउँसो १२:२५ बजेतिर मृत घोषित गरेको जानकारी दाहालले दिए। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरको चौदण्डीगढी नगरपालिका–२ की २४ वर्षीया कृष्णकुमारी खड्का घाइते भएकी छन्। उनको न्युरो अस्पतालमै उपचार भइरहेको जानकारी डीएसपी दाहालले दिए। 

दुर्घटनालगत्तै पिकअप चालक झापाको दमक नगरपालिका–५ का ५१ वर्षीय युवराज आचार्य र बस चालक झापाको मेचीनगर नगरपालिका–८ का ५६ वर्षीय अमरबहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। तीनवटै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन्। 

दुर्घटनापछि आक्रोसित भएका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरोध गर्न खोजेका थिए। इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर खगेन्द्र एक्तेन नेतृत्वको टोलीले भिडलाई सम्झाइबुझाइ गरेर पठाएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.