बसको ठक्करले बालिकाको मृत्यु भएपछि खनारमा रातभरि तनावग्रस्त

प्रहरी प्रमुखसहित १० प्रहरी घाइते

बसको ठक्करले बालिकाको मृत्यु भएपछि खनारमा रातभरि तनावग्रस्त
उपचाररत घाइते प्रहरी
सुन्नुहोस्

धरान : इटहरी उपमहानगरपालिका-१० रिलाईन्स अगाडि बसको ठक्करबाट १४ वर्षीय सम्झना यादवको मृत्यु भएपछि स्थानीय आक्रोसित बनेका छन् । उनको मृत्यु भएपछि आगजनीमा उत्रिएका स्थानीयलाई रोक्न पुगेका सुनसरी प्रहरी प्रमुखसहित १० प्रहरी घाइते भएका छन् । 

आइतबार साँझ  ईटहरीबाट दुहबीतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०१-००१ख ४५७४. को बसले जनता स्कुलमा कक्षा-९ मा अध्यनरत यादवलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपश्चात ६०० जनाभन्दा बढी स्थानीय विरोधमा उत्रिएका थिए । आन्दोलनरत स्थानीयलाई नियन्त्रण गर्न आइतबार राति पुगेका सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिना, डीएसपी रामप्रसाद तिमल्सिना, इटहरीका डीएसपी लक्ष्मी भण्डारी लगायतका १० प्रहरी घाइते भएका छन् । घटनापश्चात स्थानीयले दुर्घटना भएको बस आगो लगाएका छन् । 

स्थानीयको भीडले प्रहरीमाथि ढुंगामुडा गर्नुका साथै आगो निभाउन गएको रामधुनि न.पा.को दमकलको सिसा फुटाएका छन् अन्य सवारीसाधनमा पनि ढुंगामुढा गरेपछि हिजो रातिदेखि खनार क्षेत्र तनाव ग्रस्त बनेको छ । 

भीड नियन्त्रण गर्नका लागि प्रहरीले लाठी चार्ज,अश्रु ग्यास र हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी  रामप्रसाद तिमल्सिनाले बताए।  शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि कोशि हस्पिटल विराटनगर पठाएको उनले बताए ।

बसका चालक बिराटनगर-१३ बस्ने २७ वर्षीय अमित श्रेष्ठलाई नियन्त्रणमा लिएर इप्रका ईटहरीमा राखिएको छ । स्थानीय फेरि आन्दोलनमा उत्रन सक्ने भन्दै खनार क्षेत्रमा सोमबार बिहानै प्रहरी परिचालन गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.