फेन्सिङका प्रशिक्षक युरोपमा बेपत्ता

फेन्सिङका प्रशिक्षक युरोपमा बेपत्ता
सुन्नुहोस्

जलेन्द्रले घरमा छोरा बिरामी भएको भन्दै एक हप्ता अगाडि नै परीक्षा लिन आग्रह गरेका थिए।

काठमाडौं : फेन्सिङका पूर्वखेलाडी तथा प्रशिक्षक जलेन्द्रबहादुर शाही युरोपमा बेपत्ता भएका छन्। हंगेरीको बुढापेस्टमा आयोजना भएको तीन महिने लेभल–टु कोचिङ कोर्समा सहभागी हुन पुगेका जलेन्द्र त्यहाँबाट बेपत्ता भएका हुन्। 

अन्तर्राष्ट्रिय फेन्सिङ महासंघले हंगेरीमा रहेको आफ्नो एकेडेमीमा गत जुलाई २९ देखि अक्टोबर १८ सम्म तीन महिने कोचिङ कोर्स सञ्चालन गरेको थियो। सो कोर्समा सहभागी हुन गएका जलेन्द्रले घरमा छोरा बिरामी भएको भन्दै एक हप्ता अगाडि नै परीक्षा लिन आग्रह गरेका थिए। परीक्षा दिएलगत्तै घर जान्छु भनेर एकेडेमीबाट निस्किएका उनी नेपाल नआई स्पेन पुगेको उनीसँगै प्रशिक्षण गरिरहेका सहकर्मीले थाहा पाएका थिए। त्यसपछि एकेडेमीले नेपाल फेन्सिङ संघसाग उनका बारेमा जानकारी लिएको थियो।

‘उनले कोर्स सकिनु एक हप्ता अगाडि नै आफ्नो परीक्षा लिइदिन आग्रह गरेका रहेछन्। घरमा छोरा बिरामी भएको भनेपछि आयोजकले पनि परीक्षा लिएका रहेछन्’, संघका एक पदाधिकारीले भने, ‘त्यसपछि उनी नेपाल नआई स्पेन गएका रहेछन्। सोही कोर्स गरिरहेका साथीले स्पेनको फोटो देखेपछि एकेडेमीका पदाधिकारीलाई खबर गरेका रहेछन्। त्यहाँबाट इमेल आएपछि मात्रै हामीले पनि थाहा पायौं।’ आफू आपत्कालीन कामका लागि स्पेन आएको र पुनः हंगेरी फर्किने बताए पनि अहिलेसम्म नफर्किएको ती पदाधिकारीले बताए।

जलेन्द्र फेन्सिङका राम्रा खेलाडी थिए। विभागीय टोली त्रिभुवन आर्मी क्लबमा आवद्ध उनी खेलाडी जीवन टुङ्ग्याएपछि पनि फेन्सिङमै सक्रिय थिए। कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्षसमेत रहेका उनी सुदूरपश्चिम प्रदेश फेन्सिङ संघका उपाध्यक्ष पनि थिए। ‘उनी निकै मेहनती थिए। राम्रो खेलाडी पनि उत्पादन गरेका थिए। हामीले उनलाई मुख्य प्रशिक्षक बनाउने योजनासहित लेभल टु कोचिङ कोर्समा पठाएका थियौं’, संघका ती पदाधिकारीले भने, ‘यसरी भाग्लान् भन्ने कल्पनै गरेका थिएनौं।’

कोर्सका लागि हंगेरी जान हवाई टिकट संघले नै काटिदिएको भने त्यहाँ रहँदा खाने बस्ने व्यवस्था एकेडेमीले गरेको नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठले जानकारी दिए। ‘अक्टोबर १८ मा नेपाल फर्किने उनको टिकट थियो। उनी अहिलेसम्म नेपाल फर्किएका छैनन्’, अध्यक्ष श्रेष्ठले भने, ‘भोलि फर्किन्छु, पर्सी फकिन्छु भनेर ढाँटिरहेका छन्।

संघका अन्य पदाधिकारीलाई त सामाजिक सञ्जालमा ब्लक नै गरिसकेका छन्।’ नेपाल फेन्सिङ संघको हालै बसेको बोर्ड बैठकले उनलाई जिल्ला र प्रदेश संघबाट निष्काशित गर्नुका साथै डिपोटका लागि हंगेरीको दूतावासमा समेत पत्राचार गरिएको संघले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.