चितवन राइनोजको जर्सीमा जिल्लाको सभ्यता र पहिचान

चितवन राइनोजको जर्सीमा जिल्लाको सभ्यता र पहिचान
सुन्नुहोस्

चितवन : पञ्चेबाजाको धुन, त्यसको पछाडि चितवनको पहिचान एक सिङ्गे गैंडाको मस्कट। संगै देखिए जर्सिसहित क्रिकेटका खेलाडी। भरतपुरको सिराइचुली होटलको सभाहलको रौनक एकाएक फेरियो। यो दृष्यले चितवनका विशिष्ट व्यक्तिसहित क्रिकेटप्रेमीलाई तरङ्गित बनायो। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले टिमको  जर्सी, मस्कट र गीत विशेष समारोहको आयोजना गरेर सार्वजनिक गर्‍यो। 

शान्त स्वरुपको प्रतिक स्वरुप खरानी र चितवनको सूर्यास्तको झल्को दिने सुन्तला रंगको जर्सीमा चितवनको शानका रुपमा परिचित एक सिङ्गे गैडाको आकृति राखिएको छ। चितवन राइनोजले चितवनको पहिचान, पर्यावरण र साँस्कृतिक पाटोलाई जर्र्सीमा समिश्रण गरेको छ। चितवनको सभ्यतालाई जर्सीबाट सम्बोधन गरिएको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए।

त्यस्तै, जर्सीमा राखिएको सुन्तला रंगले चितवनको सूर्योदय, सूर्यास्त र पाटेबाघको रंगलाई चित्रण गरिएको छ। जर्सीको अगाडिपट्टि सूर्योदयको र अर्कोपट्टिको भागले सूर्यास्तको संकेत गरेको छ। गैंडाको छालाको रंग खरानी रंग समावेश गरिएको छ। 

एनपीएलका आठ प्रेन्चाइजमध्ये चितवन राइनोज मात्रै यस्तो टिम हो जसले मस्कट सार्वजनिक गरेको छ। त्यस्तै मास्कटको पछाडिको भागमा गैंडासहित चितवनको टेलिफोनको कोड नम्बर राखिएको छ।  चितवनलाई एकत्रित गरेर चितवन भनेर चिनाउने देवकोटाले बताए। टिमको आधिकारिीक गीतको सुरुवात नै  चितवनको आदिवासी थारु भाषामा छ। जितेर मात्रै घर फर्किने आशय थारु भाषामा छ। स्वप्निल शर्मा र रोहित शाक्यको शब्द र संगितमा गीत तयार गरिएको छ।

‘चितवन राइनोजले समग्र चितवनको पहिचानलाई सम्बोधन गर्न खोजिएको हो’, उनले भने, ‘गैडासहित पर्यटन, धार्मिक र पर्यावरणको सन्देशलाई एकै चिजमा समिश्रण गरेर फरक सन्देश दिन खोजेका हौं।’ चितवनको पहिचान खागसहितको गैडाको मस्कट तयार गरिएको छ। जिल्लाका सँस्कृतिक, धार्मिक, पर्यटन र मौलिकतालाई समेटेर ‘खेल्दै छ गैंडा’ गीत  सार्वजनिक गरिएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक गरेकी हुन्। 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जर्सी, टिमको आधिकारिक गीत सार्वजनिक गरिन्। चितवनका प्रमुख जिल्लाअधिकारी प्रकाश पौडेल, चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पिया, चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा. हरिशचन्द्र न्यौपाने, बागमती क्रिकेट संघका निर्देशक अनिल अधिकारीलगायतले चितवन राइनोजलाई शुभकामना दिएका थिए। चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले चितवनको साख र सानलाई उँचो पार्दै विजय हासिल गर्ने दाबी गरे। 

‘युवाहरू विदेश गएका बेला क्रिकेटका माध्यमबाट मुलुकमै अवसर छ भनेर सन्देश दिने छौं। हाम्रो टिमले जिल्लाको सानलाई उँचो पारेर बिगुल फुक्ने विश्वास छ’, न्यौपानेले भने, ‘हामीलाई खेलाडीको उत्साहले भरोसा बढाएको छ। देशमा हुन लागेको फ्रेन्चाइजको प्रतिस्पर्धाले हामीलाई उत्साहित भएका छौं।’

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल, राष्ट्रिय टोलीका खेलाडी शरद भेषवाकर, अमरसिंह रटौला, गौतम केसी, दीपेश श्रेष्ठलगायतका खेलाडी उपस्थित थिए। मेयर दाहालले दक्ष र योग्य खेलाडी समेटेकोमा चितवन राइनोजलाई अनुबन्ध गरेकोमा धन्यवाद दिइन्। 

‘एनपीएलमा चितवन राइनोजका माध्यमबाट खेलाडी उत्पादनमा कोशेढुंगा सावित हुने विश्वास छ’, दाहालले भनिन्, ‘भरतपुर खेलकुदको हब बन्दै गएको छ। चितवन राइनोजले गरेको प्रयासमा भरतपुर महानगर आगामी दिनमा अभिभावक बन्ने विश्वास दिलाउँछु।’ राइनोजले आफ्नो प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक उमेश पटवाललाई नियुक्त गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.