एनपीएल : पुजा महतो ‘फेस अफ द बोल्ट्स’

एनपीएल : पुजा महतो ‘फेस अफ द बोल्ट्स’
सुन्नुहोस्

जनकपुरधाम : एनपीएल टिम जनकपुरधाम बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रुपमा नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई सार्वजनिक गरेको छ । सोमबार जनकपुरधाममा आयोजित जर्सी अनावरण कार्यक्रममा पुजालाई ‘फेस अफ द बोल्ट्स’को रुपमा चिनाइएको हो । उनलाई ‘फेस अफ द बोल्ट्स’ र नगद ५० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरेको छ ।

समारोहमा नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान महतोले आफूलाई ‘फेस अफ द बोल्टस’ बनाएर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जनकपुर टिमलाई धन्यवाद दिइन् । साथै उनले एनपीएलको पहिलो संस्करणमै मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर बोल्ट्सलाई सफलताको कामना समेत उनले गरिन् ।

पुजाको कप्तानीमा गत साता नेपाली यू १९ महिला क्रिकेट टोलीले इतिहास रच्दै आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको थियो । जनकपुर बोल्ट्सको मार्की खेलाडीमा आसिफ शेख छन् भने प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । एनपीएल आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

आजै पुजा महतोलाई उनको गृहनगर महोत्तरीको गौशालामा नगरबासीले नागरिक अभिनन्दन समेत गरेको छ । नागरिक अभिनन्दनमा स्वतःस्फूर्त रुपमा नागरिकले ठाउँठाउँमा पुजालाई सम्मान तथा मायो चिनो प्रदान गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.