पर्यटनमन्त्री पाण्डेमाथि गम्भीर आरोप लगाएका सांसद बजगाईंले मागे माफी

पर्यटनमन्त्री पाण्डेमाथि गम्भीर आरोप लगाएका सांसद बजगाईंले मागे माफी

काठमाडौं : सांसद राजेन्द्र बजगाईंले संस्कृति ,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएका छन्। आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै उनले सामाजिक सञ्जालबाट माफी माग्दै फिर्ता लिएको बताएका हुन्।

उनले लेखेका छन्, ' सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री  विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो। मैले लगाएको आरोपले उहाँमन्त्रीजीलाई निकै चोट परेको पाएँ। त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु। टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्राथी छु।'

शृङ्खलवद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै  पर्यटन तथा मन्त्री तथा नेपाली कांग्रेसका सह-महामन्त्री पाण्डेले सांसद बजगाईंविरुद्ध उजुरी दर्ता गराएका छन्। उनले कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन्।

मन्त्री पाण्डेले दिएको उजुरीका आधारमा अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेमामा सांसद बजगाईंसँग मौखिक स्पष्टीकरण सोधेका थिए। 

मन्त्री पाण्डलेले आफू निष्ठा र इमानदारीका साथ अगाडि बढिरहेको बताउँदै बजगाईका अवाञ्छित अराजक र गैरकानुनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धती मर्यादा, कानुन र अनुशासनको समेत गम्भीर उलङ्घन गरेको बताएका छन्। उनले​​ बजगाईंले आफूमाथि लगाएका आरोपलाई चुनौतीसमेत दिएका छन्। 

बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। समाचार सार्वजनिक भएलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लगाएकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाइँले पाण्डे विरुद्धका सबै पोस्टहरू सामाजिक सञ्जालबाट हटाएका थिए ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.