कैलाली समन्वय समितिको प्रमुखमा भुल निर्विरोध

कैलाली समन्वय समितिको प्रमुखमा भुल निर्विरोध
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् । बुधबार नागरिक उन्मुक्ति पार्टीकी रुपमती डंगौरा थारुले उमेदवारी फिर्ता लिएपछि भूल समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय कैलालीले जनाएको छ । 

जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्रावधान छ । कैलालीमा १३ स्थानीय तहका २६ मतदाताले समन्वय प्रमुखमा मतदान गर्न पाउँछन् । टीकापुर नगरपालिकालका उपप्रमुख निलम्बनमा परेकाले अहिले समन्वय समितिको मतभार २५ हो । कांग्रेसकी उम्मेदवार भुललाई नेकपा एमालेले समर्थन गरेपछि भुलको जित्ने निश्चित थियो । कांग्रेससँग ८ र एमालेका ५ गरी १३ मतभार भुलको पक्षमा थियो ।

नाउपासँग ७ मतभार रहेकोमा माओवादीसँग ३,समाजवादी १ र स्वतन्त्र १ मतभार रहेको थियो । कांग्रेस एमाले बाहेकका सबै मत नाउपाले पाएपनि जित्ने सम्भावना नरहेकाले रुपमतीले उम्मेदवारी फिर्ता लिएकी हुन् । प्रदेश निर्वाचन कार्यालय, कैलालीका निमित्त प्रमुख प्रेम भट्टले नाउपाकी उमेदवार रुपमती डँगौरा थारुले उमेदवारी फिर्ता लिएकाले काँग्रेसकी भुल निर्विरोध निर्वाचित भएको बताए । तर भुललाई निर्वाचित भएको प्रमाणपत्र भने मंसिर १६गते मात्रै दिइनेछ ।

नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो । 

यसअघि ओखलढुंगा जिससमा पनि कांग्रेसको एकल उम्मेदवार परेपछि निर्विरोध निर्वाचित भएका थिए। सत्तारुढ दल नेकपा एमालेले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको थियो। योसँगै उपनिर्वाचनका लागि रिक्त दुवै स्थानमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।दुवै स्थानमा कांग्रेसका जनप्रतिनिधिको निधन भएपछि उपनिर्वाचान तोकिएको थियो।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.