मोरङमा खेतमा फेला पर्‍यो मानव कंकाल

मोरङमा खेतमा फेला पर्‍यो मानव कंकाल
खेतमा फेला परेको मानव कंकाल। तस्बिर : अन्नपूर्ण

विराटनगर : मोरङमा बिहीबार बिहान मानव कंकाल फेला परेको छ । टाउको, खुट्टा,हातलगायतका मानव अंग छरपस्ट अवस्थामा बिहान १० बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बूढीगंगा गाउँपालिका–५ स्थित सांग्रिला चप्पल फ्याक्ट्री अगाडिको धान खेतमा कंकाल भेटिएको पुष्टि गरे । उबेदा खातुनले लगाएको धान खेतमा कंकाल देखेपछि धान काट्न गएकाहरुले प्रहरीलाई खबर गरेका थिए ।  

घटनाको जानकारी पाउनसाथ अनुसन्धानका लागि डीएसपी जोशी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली पनि जाँदै छ । अहिले कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञ डा. ज्वाला कँडेल र प्रहरीको टोलीले घटनास्थलमा पुगेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

जोशीका अनुसार तत्काल नाम,थर, वतन तथा लिंग नछुट्टिएको कंकाल फेला परेको हो । जंगली जनावर र कुकुरले खाएजस्तो देखिने मान्छेको टाउको, हात र खुट्टा तथा खुट्टामा निलो ‘हाफ पाइन्ट’ लगाएको अवस्थामा फेला परेको उनको भनाइ छ । 

कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट कंकाललाई परीक्षणका लागि कोशी अस्पताल लैजाने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कंकाल कसको र कति पुरानो हो भन्ने खुल्न बाँकी छ । परीक्षण र अनुसन्धानपछि मात्रै सबै कुरा पत्ता लाग्ने जोशीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.