खोला तथा सडक मापदण्ड खारेजीको माग राख्दै प्रदर्शन

खोला तथा सडक मापदण्ड खारेजीको माग राख्दै प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजी गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ।

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको नेतृत्वमा खोला तथा सडक मापदण्ड गैरन्यायिक भएकाले खारेज गर्नुपर्ने भन्दै प्रदर्शन काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन भएको हो।

null

त्यसअघि प्रदर्शनमा सहभागीहरुले कुपण्डोल पुलबाट माइतिघरसम्म खबरदारी र्‍याली समेत निकालेका थिए। प्रदर्शनमा सहभागीहरूले मापदण्डका नाममा जनतालाइ उठिबास गर्न पाइँदैन, जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, गैरन्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर, आवास र सम्पतिको संवैधानिक हकको ग्यारेन्टी गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

null

प्रदर्शनका क्रममा उपत्यका सम्पदा संरक्षण अभियान्ता सुमन सायमीले एकीकरण, अधिग्रहण, विकास लगायतका नाममा जनताको भूमि खोसिदैं आएकाले अब कुनै प्रकारको हस्तक्षेप सैह्य नहुने बताए। अब आफूहरूको लडाई भूमिको रक्षाका लागि हुने उनले बताए। उनले जनताको निजी सम्पत्ति महानगरले गैरकानुनी तबरले लुटिरहेको आरोप समेत लगाए।

उनले संविधानमा नै आवास र सम्पत्तिको हक दिएको अवस्थामा डोजर आतंक गरेर जनताको अधिकार खोस्न खोजेको धारणा राखे।

प्रदर्शनकारीहरूले खोला तथा सडक मापदण्ड खारेजी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.