मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुन्नुहोस्

विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर अपरान्ह ४:४५ बजेतिर दुर्घटना भएको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेर मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७/२८ वर्षीय किशोर गुरुङको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। 

अस्पताल पु¥याउनसाथ दुवै जनालाई चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन्। कानेपोखरी–४ का अन्दाजी २५/२६ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का ३७/३८ वर्षीय विष्णु धिमाल घाइते भएको एसपी चिमरियाले बताए। 

उनका अनुसार उर्लाबारीमा सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ। दुर्घटनामा परेर दुवै मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। 

इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। मृतक र घाइतेहरूका आफन्त साँझसम्म प्रहरीको सम्पर्कमा पुगेका छैनन्। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। कुन मोटरसाइकल कसले चलाएको थियो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.