मोरङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु

मोरङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार अपरान्ह मोटरसाइकल दुर्घटना भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।  

प्रहरीका अनुसार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर अपरान्ह ४:४५ बजेतिर दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४०÷४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७/२८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै अन्दाजी २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो । गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । 

प्रहरीका अनुसार पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका लिम्बूलाई उपचारका 
क्रममा साँझ पौने ७ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । लिम्बूको मृत्युसँगै उर्लाबारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । 

दुर्घटनामा पथरीशनिश्चरे–५ का २५/३० वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएको एसपी चिमरियाले बताए । उनका अनुसार बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेर दुवै मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकलका चालक दीपक धिमाल रहेको प्रहरीले पत्ता लगाएको छ । अर्को मोटरसाइकलका चालकको नाम खुलेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.