अवैध बालुवा बोक्ने ट्याक्टरलाई ४० हजार जरिवाना
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा अवैध रूपमा बालुवा चोरी निकासी गर्ने २ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
छत्रदेवको वडा नम्बर १ सोर्य खोलाबाट लु३त ६१९५ र लु३त ७९८४ नम्बरको टयाक्टरलाई अवैधरुपमा बालुवा चोरी निकासी गरेको अवस्थामा बल्कोट प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्र बहादुर मल्लले बताए ।
पक्राउ परेका ट्याक्टरलाई छत्रदेव गाउँपालिका वडा नम्बर ३ बाट प्रति ट्याक्टर २० हजारका दरले २ वटाको ४० हजार जरिवाना गरी छोडिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।