पक्राउ परेका जुवाडे बिना कारवाहीमा छुटे

पक्राउ परेका जुवाडे बिना कारवाहीमा छुटे
इटहरीबाट पक्राउ परेका जुवाडेहरू।

धरान  : सुनसरीको इटहरी उपमहानगरपालिका-६ मा सञ्चालनमा रहेको गजुरमुखी होटलबाट पक्राउ परेका ६ जना जुवाडेलाई प्रहरीले पक्राउ नगरी छाडेको छ । बिहीबार राति होटलको तीनतलामाथि तासजुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला सरकारी वकिल कार्यालय सुनसरीको मिलेपतोमा शुक्रबार नै छाडिएको बताइएको छ।

होटलको तेस्रो तलामा पहरी निरीक्षक महेन्द्र पराजुली नेतृत्वको टोलीले होटल सञ्चालक नविन पुरीसहित  इटहरीका ४५ वर्षीय जीवन कार्की, इटहरी-१७का ५२ वर्षीय दुर्गा कार्की, बराहक्षेत्र नगरपालिका-१ का ३० वर्षीय सुबास राइ, बराहक्षेत्र-८ का खडग बहादुर बिस्ट र रामधुनी नगरपालिका-५ का ४६ वर्षीय गौरी शंकरलाइ पक्राउ गरेको थियो । पक्राउ परेका जीवन कार्की र खडगबहादुर बिष्ट पेसेवर जुवाडे हुन् । दुवैजना गत कात्तिक१८ गते भाइटीकाको दिन सुनसरीको नडाहाबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए।

प्रहरीले सेवा ऎनअन्तर्गत पटकेमा मुद्दा चलाउनुपर्नेमा हाजिरी जवानतमा छोडन जिल्ला सरकारी वकिल कार्यलायमा सिफारिस गरेपछि सरकारी वकिल कार्यालयले हाजिरी जमानतमा छाडन आदेश दिएको हो । उनीहरूलाई इटहरी प्रहरीले परिवारको सदस्यको जिम्मा लगाएर छाडिएको इटहरीका डिएसपी लक्ष्मी भण्डारीले बताए।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख टेक अधिकारीले आफू बिदामा बसेका बेला उनीहरूलाई हाजिरी जमानतमा छाडिएको बताउँदै यस विषयमा गम्भीर छानविन हुने बताए। जुवाडेको साथबाट २ लाख २८ हजार ५ सय नगद र ८ प्याकेट तास बरामद गरिएको छ। 

जुवाडे पक्राउ परेको विषयमा अन्नपूर्णपोस्ट डटकमले शुक्रबार समाचार प्रकाशित गरेको थियो । बिना कारवाही छाडिएका जुवाडे जीवन बिष्टले अन्नपूर्णसमाचार दातालाई जुवा खेलेको समाचार किन लेखेको भन्दै फोनबाट धम्की दिएका छन्  । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुबेर खापुङले जुवाडे छाडिएको विषयमा छनविन गर्ने बताएका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.