तीन जिल्लाले गरेको जागरण सभाको जरिवाना पत्र एमाले हेडक्वाटरले बुझेन, फर्कियो काठमाडौं महानगरको टोली

हेडक्वाटरले भन्यो : हामी आयोजक होइनौं

तीन जिल्लाले गरेको जागरण सभाको जरिवाना पत्र एमाले हेडक्वाटरले बुझेन, फर्कियो काठमाडौं महानगरको टोली
फाइल तस्बिर ।

काठमाडौं : काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरेको छ। शुक्रबार नेकपा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभापछि सडक तथा पेटीमा जथाभाबी फोहोर गरेको महानगरले एक लाख जरिवाना गरेको थियो। उक्त पत्र लिएर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालय पुगेको थियो। 

तर जागरणसभा एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको नभइ जिल्ला कमिटीले आयोजना गरेकाले पत्र बुझ्न नसक्ने जवाफ एमाले मुख्यालयले दिएको महानगरले जनाएको छ। एमाले केन्द्रीय कार्यालयले पत्र दर्ता नगरेपछि महानगरको टोली पत्र नबुझाइ फर्किएको छ।

एमालेका नेताहरूले भने काठमाडौं महानगरले पूर्वाग्राही ढंगले पत्र काटेको आरोप लगाउँदै आएका छन्। पत्र काटेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको बताएका थिए। कार्यक्रम समापन पछि संकलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको उनले बताए।

‘काठमाडौं महानगरका मेयर बालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ।’ महासचिव पोखरेलले भने, ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाटै भइरहेको थियो। संकलन गरिएको भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो। अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा।’

उनले मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टबाजीमा भएको टिप्पणी गरे। यता काठमाडौं महानगरपालिकाले भने फोहरमैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन बमोजिम एमालेलाई जरिवाना गराएको बताउँदै आएको छ।  काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम प्रशासकीय अधिकृतको निर्देशनबमोजिम एमालेलाई एक लाख जरिवाना गराइएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिए। 

सत्तारुढ दल एमालेले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको संयोजकत्वमा दरबारमार्गमा जागरण सभा आयोजना गरेको थियो। जागरण सभामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए। सभाको अध्यक्ष काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले गरेका थिए।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.