काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
काठमाडौं : काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना गरेको छ। शुक्रबार दरबारमार्गमा आयोजित जागरण अभियानका दौरान फोहोरमैला गर वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो।
काठमाडौं महानगरपालिको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई एक लाख जरिवाना गराइएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिए। उनका अनुसार प्रशासकीय अधिकृतको निर्देशनबमोजिम एमालेलाई कारबाही गरिएको हो।
सत्तारुढ दल एमालेले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको संयोजकत्वमा दरबारमार्गमा जागरण सभा आयोजना गरेको थियो। जागरण सभामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए।